ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालबालिकालाई बचाएर सुरक्षित पठाउने प्रधानाध्यापक आफैं बेपत्ता


ABC NEWS
१५ भदौ २०८३, सोमबार   ८ : ५५   बजे

काठमाडौं । रसुवाको वेत्रावतीस्थित मोर्डन ट्रिनिटी इङ्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापक सुरोज डंगोलले भदौ १० गते भोटेकोसीमा बाढीको जोखिम बढेपछि विद्यालयका बालबालिकालाई तत्काल सुरक्षित स्थानमा पठाए। शिक्षक तथा कर्मचारीलाई समेत सुरक्षित बनाउन सक्रिय रहेका डंगोल भने त्यसयता आफैं सम्पर्कविहीन छन्।

बाढीको खबर पाएलगत्तै डंगोलले विद्यालयमा रहेका बालबालिकालाई गाडीमा राखेर सुरक्षित स्थानतर्फ पठाएका थिए। शिक्षक तथा कर्मचारी पनि विद्यालयबाट बाहिरिएपछि कार्यालय सहयोगी विद्यालय परिसरमा ताला लगाउन बसेका थिए।

कार्यालय सहयोगी अझै विद्यालयमै रहेको थाहा पाएपछि उनलाई पनि सुरक्षित स्थानतर्फ पठाउन डंगोल आफैं विद्यालय पुगेका थिए। कार्यालय सहयोगी सकुशल बाहिरिए पनि त्यसपछि प्रधानाध्यापक डंगोलसँग सम्पर्क हुन नसकेको उत्तरगया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयराम उप्रेतीले जानकारी दिए।

“उहाँले बच्चाहरूलाई गाडीमा राखेर माथि पुर्‍याउनुभयो। कार्यालय सहयोगी ढोका लगाउन भनेर कुरेर बस्नुभएको रहेछ। प्रिन्सिपल सरले उहाँलाई पनि बचाउनुपर्छ भनेर त्यहाँबाट भगाउनुभएछ। कार्यालय सहयोगी सकुशल हुनुहुन्छ तर प्रिन्सिपल सुरोज डंगोल सम्पर्कमा हुनुहुन्न।”

शिक्षक र कर्मचारी पनि सम्पर्कविहीन

उत्तरगया गाउँपालिकाभित्रका सामुदायिक विद्यालयका सात जना शिक्षक र एक जना स्टाफ नर्ससमेत सम्पर्कविहीन रहेको उप्रेतीले बताए। गाउँपालिकाका पाँच जना कर्मचारी पनि अझै सम्पर्कमा आएका छैनन्।

उनका अनुसार विद्यालयमा लगिसकिएका बालबालिका सुरक्षित भए पनि उनीहरूका परिवार भने बाढीको चपेटामा परेका छन्।

“हाम्रा बच्चाहरू स्कुलमा लगिसकेकाले अभिभावक तल हुनुहुन्थ्यो र तलको बस्ती बग्यो। स्कुल पुग्नु भएका बच्चाहरू सुरक्षित हुनुहुन्छ।”

गाउँपालिकाका अनुसार ४० जनाभन्दा बढी बालबालिकाका बुबाआमा सम्पर्कमा छैनन्। यस्तै, २७ जना बालबालिकाका अभिभावकमध्ये हालसम्म एक जना मात्र सम्पर्कमा आएका छन्।

२४७ बालबालिका होल्डिङ सेन्टरमा

हाल सम्पर्कमा रहेका २४७ जना बालबालिकालाई पाँच वटा होल्डिङ सेन्टरमा राखिएको छ। उनीहरूको खानपान, बसोबास तथा अन्य आवश्यक व्यवस्थापनका लागि स्थानीय तहले पहल गरिरहेको जनाएको छ।

उत्तरगया–१ अझै सम्पर्कविहीन

यसैबीच, उत्तरगया गाउँपालिका–१ का बासिन्दासँग अझै प्रत्यक्ष सम्पर्क स्थापित हुन सकेको छैन।

प्रमुख प्रशासकीय अधिकृत उप्रेतीका अनुसार त्रिशूली नदीपारि रहेको उक्त वडामा सञ्चार सम्पर्क पूर्ण रूपमा विच्छेद भएकाले स्थानीयको वास्तविक अवस्था यकिन गर्न कठिन भएको छ।

“वडा नम्बर १ मा हाम्रो कुनै सम्पर्क हुन सकेको छैन। त्यहाँ जनता त छन्, सम्पर्क गरेर खाद्यान्नहरू खटाइदिन पाए हुन्थ्यो तर केही गर्न सकिएको छैन।”

स्थानीय जनप्रतिनिधिले समेत वडा नम्बर १ का बासिन्दासँग सम्पर्क हुन नसकेको जानकारी गाउँपालिकालाई गराएका छन्।

गाउँपालिकाका अनुसार वडा नम्बर ४ र ५ सम्म पुग्न सकिने अवस्था रहे पनि वडा नम्बर २ र ३ मा सडक तथा अन्य सम्पर्क माध्यम अवरुद्ध भएकाले हेलिकोप्टरमार्फत उद्धार गर्नुबाहेक तत्काल अन्य विकल्प नरहेको अवस्था छ।

बाढीबाट विस्थापित बालबालिका सुरक्षित रहे पनि उनीहरूका अभिभावक तथा परिवारका सदस्य सम्पर्कविहीन हुँदा उत्तरगयामा मानवीय संकट थप गहिरिँदै गएको स्थानीय तहले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा बेपत्ता व्यक्तिका आफन्तलाई डीएनए नमुना दिन प्रहरीको आग्रह

बाढीको जोखिमबारे चीनसँग रियल टाइम सूचना आदानप्रदान भइरहेको छ : परराष्ट्र

सम्बन्धित

भोटेकोशी बाढीपीडितलाई अर्को पीडा : काठमाडौंमा किरिया बस्ने ठाउँकै अभाव

त्रिशूली बजारका ४०० घरमा बाढीको क्षति, ७२ जना अझै बेपत्ता

विद्यालय पुगेका ३५० बालबालिका जोगिए, बाटोमै हराए २०० विद्यार्थी : होल्डिङ सेन्टरमा चार वर्षीय बालक सोधिरहन्छन्– ‘मेरो आमा खोइ?’

‘भोटेकोशी बाढी होइन, हिमाली सुनामी हो’ : विश्व मञ्चमा नेपालले मुद्दा उठाउन विज्ञको सुझाव

चीनमा उद्धारसँगै सडक खुलाइँदै, नेपालमा उद्धारकै लागि बाटो खोज्दै : विपद् व्यवस्थापनमा देखिएको ठूलो अन्तर

‘सरकार कहाँ छ भनेर खोज्नुपर्ने अवस्था’ : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu