ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोशी बाढीपीडितलाई अर्को पीडा : काठमाडौंमा किरिया बस्ने ठाउँकै अभाव


ABC NEWS
१५ भदौ २०८३, सोमबार   ९ : ०५   बजे

काठमाडौं । भोटेकोशी बाढीमा आफन्त गुमाएका परिवारलाई काठमाडौं उपत्यकामा काजकिरिया बस्ने ठाउँ पाउनै कठिन भएको छ। मृत्यु संस्कारका लागि निर्माण गरिएका अधिकांश सामुदायिक किरियापुत्री भवन भरिभराउ भएपछि शोकमा रहेका परिवारलाई थप समस्या भएको हो।

काठमाडौंको पशुपतिनाथ क्षेत्रमा रहेको किरियापुत्री सेवा सुविधा केन्द्रका सबै ४० वटा कोठा भरिएका छन्। केन्द्र व्यवस्थापनमा रहेका पशुपति विकास कोषका कर्मचारी विश्व सिटौलाका अनुसार सोमबार दिउँसोसम्म खाली रहेका दुई कोठासमेत केही घण्टामै भरिएका थिए।

“यहाँ दिउँसोसम्म दुई वटा खाली थिए, एकाध घण्टाको बीचमा प्याक भइसके। यहाँ अघिपछि त यसै पनि प्याक हुने ठाउँ हो। रसुवा र नुवाकोटको बाढीपछि त झन् ‘प्याक’ भएको अवस्था छ।”

पशुपतिस्थित किरियापुत्री घरमा ब्राह्मण सहजै उपलब्ध हुने र काजकिरियाका लागि आवश्यक धार्मिक सामग्री पनि सजिलै पाइने भएकाले धेरै परिवारले यही स्थान रोज्ने गरेका छन्। यहाँ सामान्य कोठाको दैनिक २०० रुपैयाँ र एटेज रुमको ५०० रुपैयाँ शुल्क रहेको छ।

बाढीपीडितका आफन्तले समेत पछिल्लो समय पशुपतिस्थित किरियापुत्री सेवा केन्द्रमा कोठा खाली भए/नभएकोबारे निरन्तर सोधपुछ गरिरहेका छन्।

तारकेश्वरमा निर्माणाधीन भवनमै किरिया

नुवाकोट–रसुवा क्षेत्रका मानिसको बाक्लो बसोबास रहेको नेपालटार, माछापोखरी, मनमैजु र तारकेश्वर क्षेत्रमा समेत किरियापुत्री बस्ने ठाउँको अभाव देखिएको छ।

तारकेश्वर गुम्बास्थित किरियापुत्री घरमा रहेका करिब १२–१३ वटा कोठामध्ये कुनै पनि खाली छैन।

नुवाकोटबाट बसाइँ सरेर काठमाडौं–१६ नेपालटारमा बस्दै आएका शिव गिरीका अनुसार सोमबार बिहान बुझ्दा एउटा पनि कोठा खाली नरहेको जानकारी आएको थियो।

यता, तारकेश्वर नगरपालिकाले निर्माणाधीन किरियापुत्री भवनसमेत अस्थायी रूपमा प्रयोग गर्न दिएको छ।

नगरपालिकाकी उपमेयर सृजना बुर्लाकोटीका अनुसार १०–१२ वटा कोठासहित निर्माण भइरहेको भवनलाई पीडित परिवारले काजकिरिया गर्न प्रयोग गर्न दिइएको हो।

“हामीले एउटा किरियापुत्री घर बनाउन थालेका थियौँ। १०–१२ वटा रुमसहित निर्माण हुँदै गरेको भवन छ। पीडित परिवारजनलाई किरिया बस्नका लागि ठाउँको अभाव भयो भन्ने भएपछि निर्माणाधीन अवस्थामै काम चलाउन दिएका छौँ।”

वसुन्धरादेखि बाँसबारीसम्म उस्तै अवस्था

चक्रपथ छेउको वसुन्धरास्थित किरियापुत्री घर पनि दुई–तीन दिनदेखि भरिएको छ। मुख्य सडकनजिक भएकाले पीडित परिवारका आफन्तले यहाँ पनि कोठा खोज्ने क्रम बढेको व्यवस्थापक राजु सापकोटाले बताए।

“हिजोअस्तिबाटै यहाँ प्याक भइसकेको छ। मान्छेहरू ठाउँ छ कि भनेर सोध्न आइरहेका छन्।”

उनका अनुसार वसुन्धरासहित हेराल्ड कलेजअघिको सामुदायिक किरियापुत्री घर, धापासीको डाँफे कोलोनी, बाँसबारी पिपलबोट, गंगालालको गहिरो, भेटघाट चोक र नेपालटार क्षेत्रका किरियापुत्री घरमा समेत कोठा खाली छैनन्।

“अघिपछि यस्तो अवस्था थिएन, सामान्य थियो। भोटेकोशी बाढीले जनधनको क्षति पारेपछि यहाँको अवस्था पनि असामान्य हुन पुग्यो।”

काँडाघारीमा पनि सबै कोठा भरिए

मनोहरा–कागेश्वरी नगरपालिकाको काँडाघारीस्थित सामुदायिक किरियापुत्री भवनमा समेत सबै कोठामा किरियाकर्म भइरहेको छ।

स्थानीयले दुई परिवारलाई मात्र धान्न सक्ने क्षमताको भवन निर्माण गरेका थिए। स्थानीय समाजसेवी इन्द्रबहादुर थापाका अनुसार भवन सानो भएकाले अहिले उपलब्ध सबै कोठामा काजकिरिया भइरहेको छ।

मीनभवनमा भने दुई कोठा खाली

उपत्यकाका अधिकांश किरियापुत्री भवन भरिएको अवस्थामा मीनभवन सामुदायिक किरियापुत्री भवनमा सोमबार दिउँसोसम्म दुई वटा कोठा खालीथिए।

सिभिल अस्पताल नजिक रहेको उक्त भवन प्रदेश सरकार, काठमाडौं महानगरपालिका र स्थानीयवासीको संयुक्त लगानीमा निर्माण भएको हो। करिब पाँच आना क्षेत्रफलमा बनेको तीनतले भवनमा दुई कोठा खाली रहेको काठमाडौं महानगरपालिका–३१ का वडाध्यक्ष सरोज ढकालले जानकारी दिए।

“रुमहरू आज खाली भएको भनेर जानकारीमा आएको छ। कोही भए पठाइदिँदा हुन्छ।”

शोकसँगै बसोबासको समस्या

भोटेकोशी बाढीमा आफन्त गुमाएका नुवाकोट–रसुवा घर भई काठमाडौंमा कोठा भाडामा बस्दै आएका परिवार अहिले दोहोरो समस्यामा छन्। एकातर्फ आफन्त गुमाउनुको पीडा छ भने अर्कोतर्फ मृत्यु संस्कारका लागि आवश्यक स्थानसमेत पाउन मुस्किल भएको छ।

बाढीबाट ठूलो जनधनको क्षति भएपछि उपत्यकाका सामुदायिक किरियापुत्री भवनमा समेत चाप बढेको हो। यस्तो अवस्थामा स्थानीय तह तथा सम्बन्धित निकायले अस्थायी रूपमा थप किरियापुत्री स्थल पहिचान गरी व्यवस्थापन गर्नुपर्ने आवश्यकता देखिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा बेपत्ता व्यक्तिका आफन्तलाई डीएनए नमुना दिन प्रहरीको आग्रह

बाढीको जोखिमबारे चीनसँग रियल टाइम सूचना आदानप्रदान भइरहेको छ : परराष्ट्र

सम्बन्धित

त्रिशूली बजारका ४०० घरमा बाढीको क्षति, ७२ जना अझै बेपत्ता

बालबालिकालाई बचाएर सुरक्षित पठाउने प्रधानाध्यापक आफैं बेपत्ता

विद्यालय पुगेका ३५० बालबालिका जोगिए, बाटोमै हराए २०० विद्यार्थी : होल्डिङ सेन्टरमा चार वर्षीय बालक सोधिरहन्छन्– ‘मेरो आमा खोइ?’

‘भोटेकोशी बाढी होइन, हिमाली सुनामी हो’ : विश्व मञ्चमा नेपालले मुद्दा उठाउन विज्ञको सुझाव

चीनमा उद्धारसँगै सडक खुलाइँदै, नेपालमा उद्धारकै लागि बाटो खोज्दै : विपद् व्यवस्थापनमा देखिएको ठूलो अन्तर

‘सरकार कहाँ छ भनेर खोज्नुपर्ने अवस्था’ : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu