ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘सरकार कहाँ छ भनेर खोज्नुपर्ने अवस्था’ : ओली


ABC NEWS
१५ भदौ २०८३, सोमबार   ३ : ४५   बजे

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले रसुवामा आएको विनाशकारी बाढीपछि सरकारले खोज, उद्धार र राहत कार्य प्रभावकारी रूपमा सञ्चालन गर्न नसकेको आरोप लगाएका छन्।

सोमबार एमाले केन्द्रीय कार्यालय च्यासलमा एमाले राजधानी प्रदेश कमिटीले बाढीपीडितका लागि हस्तान्तरण गरेको १० लाख रुपैयाँको चेक ग्रहण गर्दै ओलीले सरकारको विपद् व्यवस्थापन शैलीप्रति असन्तुष्टि जनाएका हुन्।

ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तथा मन्त्रीहरूलाई लक्षित गर्दै विपद् प्रभावित क्षेत्रमा पुगेका केही जनप्रतिनिधिले नागरिकलाई हप्कीदप्की गर्ने, केहीले आधारहीन निर्देशन दिने र केहीले समस्या समाधान गर्नुको सट्टा थप समस्या सिर्जना गर्ने टिप्पणी गरे।

“कोही जान्छन् नागरिकलाई हप्कीदप्की गरेर फर्किन्छन्, बडप्पन देखाउँछन्। कोही जान्छन् आधारहीन निर्देशन दिएर फर्किन्छन्। कोही समस्यामाथि समस्या थपेर फर्किन्छन्,” ओलीले भने।

ओलीले विपद्को समयमा केन्द्रीय सरकारको उपस्थिति नै खोज्नुपर्ने अवस्था आएको टिप्पणी गरे।

“यस्तो अवस्थामा सरकार कहाँ छ खोज्नुपर्छ। कहिले कहिले हेलिकोप्टरमा उडेको देखिन्छ। घरको छतमा मान्छे छ भने निकालेको देखिन्छ। यस्तै यस्तै काम गरेको देखिन्छ। तैपनि धन्यवाद, केही त गरेको छ,” उनले भने।

उनले उद्धारमा निजी क्षेत्रका हेलिकोप्टर प्रयोग गर्न सरकारले रोक लगाएको भन्दै असन्तुष्टि व्यक्त गरे।

उद्धारका लागि तालिम प्राप्त जनशक्ति तथा हेलिकोप्टर भएका निजी क्षेत्रका संस्थालाई समेत परिचालन गर्न सके खोज तथा उद्धार कार्य थप प्रभावकारी बन्न सक्ने ओलीको भनाइ छ।

‘सुरुङभित्रको उद्धार हेलिकोप्टरबाट सम्भव हुँदैन’

ओलीले सुरुङ तथा अन्य जोखिमयुक्त संरचनामा फसेकाको उद्धार हेलिकोप्टरबाट मात्र सम्भव नहुने बताए।

उनका अनुसार यस्ता स्थानमा दक्ष प्राविधिक, उद्धारकर्मी र आवश्यक उपकरण परिचालन गर्नुपर्ने भए पनि सरकारले त्यसतर्फ पर्याप्त ध्यान दिन नसकेको देखिएको छ।

बाढीमा बेपत्ता भएका आफन्तको खोजीमा परिवार तथा आफन्तलाई समेत आवश्यक पहुँच नदिइएको भन्दै ओलीले आपत्ति जनाए।

रसुवाको भोटेकोसी क्षेत्रमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएको र अझै ठूलो संख्यामा नागरिक सम्पर्कविहीन रहेको अवस्थामा सरकारले सबै उपलब्ध स्रोतसाधन परिचालन गरी खोज, उद्धार तथा राहतलाई तीव्रता दिनुपर्ने ओलीले बताएका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बेत्रावतीमा २०० घर बाढीले बगायो, स्थानीयको गुनासो– ‘राज्यको उपस्थिति देखिएन’

रसुवा बाढी : ३९ देशका ५९० विदेशी नागरिक अझै सम्पर्कविहीन

सम्बन्धित

चीनमा उद्धारसँगै सडक खुलाइँदै, नेपालमा उद्धारकै लागि बाटो खोज्दै : विपद् व्यवस्थापनमा देखिएको ठूलो अन्तर

घर बाढीले बगायो, शिविरले सम्हाल्यो : देवीघाटका विस्थापितको पीडाबीच आशाको कथा

लाङटाङ हिमालको हिउँ चट्टान आठ महिनादेखि भासिँदै थियो, भदौ १० मा चोइटिँदा आयो भोटेकोशीमा हिमबाढी

भूकम्पबाट जोगिन बेँसी झरे, ११ वर्षपछि त्यहीँ आयो बाढी : त्रिशूली किनारका बस्तीको दुःखान्त कथा

उद्धारदेखि शव व्यवस्थापनसम्म सरकारलाई चुनौती : अन्तर्राष्ट्रिय सहयोग बढ्दै, तर फ्रिजर र डीएनए किटको अभाव

भोटेकोसीले बगाएको घर, सम्झनाका लागि एउटा ढुंगा : देवीघाटमा बाँचेका जीवनका कथा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu