ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रामकुमारीले पार्टी अध्यक्ष फेर्नुपर्छ भनेपछि सामाजिक सञ्जालमा माधव पक्षधरको आक्रोश


abc news
१५ असार २०८२, आइतबार   १२ : ५९   बजे

काठमाडौ १५ असार । नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष फेर्नुपर्ने अभिव्यक्ति दिएपछि सामाजिक सञ्जालमा टिकाटिप्पणी भइरहेको छ।

पूर्वमन्त्रीसमेत रहेकी झाँक्रीले शनिबार एकीकृत समाजवादी सम्बद्ध युवा संघ नेपालको लुम्बिनी प्रदेश तथा जिल्ला भेलालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष माधव नेपाल संकटमा परेकाले अर्ली महाधिवेशन गरेर नेतृत्व परिवर्तन गर्नुपर्ने धारणा राखेकी थिइन्।

यसविरुद्ध अहिले एकीकृत समाजवादीका पार्टी संस्थापन पक्षधर नेता(कार्यकर्ताले सामाजिक सञ्जालमा आक्रोश पोखिरहेका छन्।

यसै क्रममा पार्टीको विद्यार्थी संगठन अनेरास्ववियूका पूर्वअध्यक्ष सुदेश पराजुलीले झाँक्रीको अभिव्यक्तिलाई ‘विक्षिप्त मानसिकताको पराकाष्ठा’को संज्ञा दिएका छन्।

उनले फेसबुकमा लेखेका छन्, लुम्बिनीतिर एउटा विक्षिप्त मानसिकताको पराकाष्ठा छरपस्ट भएछ। हिजोदेखि यो मानसिकता कहिले लुकेर, कहिले हो कि होइन कि जस्तो गरेर, कहिले कुनै नेतालाई भ्रममा परेर, कहिले सामाजिक दुनियाँलाई प्रयोग गरेर, कहिले नक्कली स्टन्टबाजी गरेर उदय भएको हो। कहिले पदका निम्ति जस्तोसुकै सम्झौता गरेर प्राप्ति, कहिले पद सत्ता हस्तान्तरण गर्नुपर्दा रुवाबासी यो मानसिकताको विशेष गुण हो।’

यस्तै एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य दिलु पन्तले पनि झाँक्रीको अभिव्यक्तिलाई स्टन्टको संज्ञा दिएकी छन्।

आफ्नो नामको चर्चाका लागि बेलाबेलामा यस्ता स्टन्टहरू नेपाली राजनीतिमा केही वर्षयता केही मान्छेहरूको प्रोग्रामहरू चलिरहेकै छ। ती प्रोग्रामहरू आफ्नो करिअर निर्माणको खपतको कडी हो कि कसको लागि प्रायोजित हुन् दुनियाँले बुझेकै छ, पन्तले सामाजिक सञ्जालमा लेखेकी छन्, अरूको सेता वस्त्रमा थुक्नुभन्दा आफ्नै मैलिएको मन धुने गरौँ। आकाशतिर फर्केर आजसम्म कति पटक थुक्यौरु भन्नेले वाह र ताली पनि ठोके होलान्। यो चटकीले आफैँलाई थुक्ने तुच्छ कार्य गर्नलाई हिम्मत गरेको भनेर। नुहाउन मेलम्ची आइसक्यो थुकले होइन पानीले नुहाउनुस्।’

यसैगरी एकीकृत समाजवादी प्रचार विभागका पूर्वसदस्य सूर्य बिसीले पनि झाँक्रीप्रति आक्रोश पोखेका छन्।

जनतासँग चुनाव हार्ने र पार्टीको महाधिवेशनमा पनि कार्यकर्तासँग हार्नेले ठूलो कुरा गर्ने रु उनले लेखेका छन्, ‘पतञ्जलिको जग्गा बेच्ने दलाललाई कारबाही गर्नुको साटो माधव बाबुलाई फसाउन बदनाम गराउन खोजेको तिमीलाई थाहा छैनरु’

यस्तै पार्टीको प्रेस संगठनका केन्द्रीय सदीय दिपक अनुरागीले पनि झाँक्रीको आलोचना गरेका छन्।

‘कमरेड रामकुमारी झाँक्री, पार्टी गठन यता तपाईंका अनेकौँ तर्कना सुन्यौँ। कमरेड तपाईंबाट पार्टी बन्दैन, बनेको पार्टीमा चर्का भाषण गर्ने आधार समाजवादीमा बनिसकेको छैन उनले लेखेका छन्, त्यसो हुँदा जुनसुकै तर्कना तपाईंले गरे पनि समाजवादी पार्टी कमरेड माधवकुमार नेपालबाहेक अरूले बनाउन सक्दैन। हजारौँ समाजवादी कार्यकर्ताको मनोभावना जित्छु, लाखौँ बाहिरी व्यक्तिको समर्थन पाउँछु भन्ठानेर माधवकुमार नेपालको राजीनामा माग्ने कुचेष्टा नगर्नुस्।’

एकीकृत समाजवादीका अर्का युवा नेता मनोज चौधरीले पनि झाँक्रीले दसौँ महाधिवेशनमा हारेको कुण्ठा पोखेको टिप्पणी गरेका छन्।

उनले लेखेका छन्, ‘१०औँ महाधिवेशन पराजय, मानसिक रोग साथै मन्त्रीबाट रुँदै फर्केको रिस अहिले पो देखियो। हामी अध्यक्ष नेपालको साथमा छौँ। अवसरवादी चरित्र।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group