ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रसुवामा दुई बच्चासहित भेटियो दुर्लभ चरी बाघ


abc news
१८ असार २०८२, बुधबार   १० : ५३   बजे

काठमाडौ १८ असार । रसुवाको कालिका गाउँपालिका–२ मा दुईवटा बच्चासहित एउटा चरी बाघ फेला परेको छ ।

बस्ती नजिकै ढुंगाको कापमा बसिरहेको अवस्थामा केही दिनअघि दुई बच्चासहित दुर्लभ चरी बाघ भेटिएपछि आफूहरु हेर्न गएको कालिका रेन्ज पोष्टकी रेन्जर सुलक्ष्या श्रेष्ठले अनलाइनखबरलाई बताइन् ।

‘बस्तीबाट नजिकै एउटा ढुंगाभित्र प्वाल देखेर बसेको रहेछ, उसलाई त्यो बासस्थान जस्तै लागेको हुनसक्छ’, उनले भनिन्, ‘त्यसपछि नेपाली सेनाको कालिकास्थानमा रहेको श्रीनाथ गणको पोष्टबाट समेत टोली खटिएर चार दिनसम्म निगरानीमा राखेका थियौं ।’

यसबारे राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र राष्ट्रिय प्रकृति संरक्षण कोषलाई समेत खबर गरिएको थियो । कोषले समेत त्यहाँ कर्मचारीहरु खटाएको थियो । तर, केही दिनपछि बच्चासहित बाघ आफैं निस्किएर गएको श्रेष्ठले बताइन् ।

‘चरी बाघ आफैंमा दुर्लभ हो, त्यसमाथि दुईवटा बच्चासहित बाघ देखिनु झनै दुर्लभ हो’, उनले थपिन् । वन्यजन्यु विभागका अनुसार, यो प्रजातिको बाघ चीन, कोरिया, भारत, बंगलादेश, जापान लगायतको मुलुकमा पनि पाइन्छ ।

नेपालमा मध्यम पहाडी क्षेत्र र तराईमा भेटिने गर्छ । नेपालका संरक्षित क्षेत्रहरुमध्ये खप्तड, शुक्लाफाँटा, लाङटाङ राष्ट्रिय निकुञ्ज, मकालु बरुण, शिवपुरी र चितवन राष्ट्रिय निकुञ्जमा यो बाघ देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

सम्बन्धित

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group