ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्यालय शिक्षा विधेयक शीघ्र आउँछ – शिक्षामन्त्री


abc news
१८ असार २०८२, बुधबार   ३ : १७   बजे

काठमाडौ १८ असार । राष्ट्रियसभाको आजको बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सरकारले विद्यालय शिक्षा विधेयक नरोकेकाले शीघ्र आउने स्पष्ट पारेका छन्।

‘विनियोजन विधेयक, २०८२’ का सम्बन्धमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसँग सम्बन्धित शीर्षकमाथि राष्ट्रियसभाका सांसदले उठाएको जिज्ञासाको जवाफमा उनले केही विषयमा सहमति जुटाउनुपर्ने आवश्यकता देखिएकाले केही दिन विधेयक स्थगन गरिएको बताए। शिक्षक महासंघसँग भएको सहमतिअनुसार यही असार १५ गतेभित्र सो विधेयक प्रस्तुत गर्ने समयसीमा थियो।

विद्यालय शिक्षा विधेयक विभिन्न समयमा भएका सम्झौता समेट्ने गरी अगाडि बढाइएको उनले जानकारी दिए। पछिल्लो पटक शिक्षक महासंघसँग भएको ९ बुँदे सहमतिअनुसार केही विषय सम्बोधन भइसकेको र महासंघसँग भएको सहमतिअनुसार विद्यालय शिक्षा विधेयक अगाडि बढाइएको उनको भनाइ छ।

महासंघसँग भएको ९ बुँदे सहमतिका अधिकांश विषय आगामी आवको बजेटमा समावेश गरिएको शिक्षामन्त्री पन्तले जानकारी दिए। यो विधेयक आउँदा शिक्षकले मात्रै नभई देश र जनताले जित्ने भएकाले सबैभन्दा बढी ध्यान यसैमा केन्द्रित गरिएको उनले उल्लेख गरे।

शिक्षा क्षेत्र मुलुकको विकास र प्रगतिका लागि महत्त्वपूर्ण रहेको आवश्यकता बोध गरी सरकारले आगामी आवका लागि सबैभन्दा बढी बजेट विनियोजन गरेको उनले बताए। आगामी आवका लागि शिक्षा क्षेत्रतर्फ २ खर्ब ११ अर्ब बजेट विनियोजन गरिएको छ।

यस्तै, ७ अर्ब ४७ करोड सहरी विकास मन्त्रालयले विद्यालयको पुनर्निमाणका लागि बजेट विनियोजन गरेको छ। यो क्षेत्र सरकारको उच्च प्राथमिकतामा रहेको उनले स्पष्ट पारे।

शिक्षाको बजेट स्थानीय तहले नै खर्च गर्ने भएकाले कुनै असन्तुलन नभएको उनको दावी थियो। शिक्षामा २० प्रतिशत बढी बजेट विनियोजन गर्ने वातावरण क्रमशः बन्ने शिक्षामन्त्री पन्तले उल्लेख गरे।

शिक्षा क्षेत्रको सुधारका लागि नयाँ जनशक्ति भर्ना गर्नुपर्ने अवस्था रहेको जानकारी दिँदै मन्त्री पन्तले शिक्षा विधेयकमा महासंघसँग भएको सहमतिअनुसार ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुल्ला प्रतिस्पर्धा गर्नेतर्फ मन्त्रालय तयार रहेको बताए। महासंघसँग आफूले नियमित रूपमा छलफल गरिरहेकाले दीर्घकालीन रूपमा समस्या समाधान हुने विश्वास व्यक्त गरे।

निशुल्क शिक्षाका लागि आगामी आवमा यथेष्ट बजेट विनियोजन गरिएको, दिवा खाजालगायत कार्यक्रम अगाडि सारिएको उनको कथन छ। यस्तै, निजी लगानीमा सञ्चालित विद्यालयलाई नियमनको दायरामा ल्याउन सरकारले आवश्यक पहल गरेको उनले स्पष्ट पारे। मुलुकको शैक्षिक सुधार, शैक्षिक वातावरण बनाउन सरकार गम्भीरतापूर्वक लागेको मन्त्री पन्तले उल्लेख गरे। रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group