ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ग्रे लिस्टबाट उम्किन सुनचाँदीमा विलासिता कर लगाइएको हो – अर्थमन्त्री


abc news
१८ असार २०८२, बुधबार   ३ : २९   बजे

काठमाडौ १८ असार । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटमार्फत सुनचाँदी तथा बहुमूल्य धातुका गरगहनामा लगाइएको विलासिता शुल्क र मूल्यअभिवृद्धि करबारे राष्ट्रियसभामा स्पष्टीकरण दिएका छन्।

सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले सम्पत्ति शुद्धीकरणसम्बन्धी विश्वव्यापी प्रावधानमा नेपाल ग्रे लिस्टमा परेकाले त्यसबाट उम्किन सुनजस्ता बहुमूल्य धातुहरुको कारोबारमा कर लगाउनुपरेको जवाफ दिएका हुन्।

‘विलासिता कर सन्दर्भमा यो नयाँ प्रस्ताव होइन, थ्रेसहोल्डमा एक प्रकारको परिमार्जन गरिएको हो’, उनले भने, ‘यसअघि १० लाख माथिको कारोबारमा यो कर लाग्थ्यो, अहिले हटाइएको मात्र हो।’

उनले सघन निगरानीबाट बाहिरिन सुनचाँदीको कारोबारलाई थप पारदर्शी बनाउन यस्तो व्यवस्था गरिएको बताए।

‘हामी अहिले ग्रेलिस्टमा छौँ। सघन निगरानी सूचीबाट बाहिरिनुपर्ने अवस्था छ। सुनलगायतको कारोबारमा पारदर्शिता होस् भनेर यही सन्दर्भमा विलासिता कर अगाडि सारिएको हो। थ्रेसहोल्ड हटाइएको हो’, उनले थपे।

बजेटमा यो करलाई लिएर अहिले सुनचाँदी व्यवसायीहरु आन्दोलन गरिरहेका छन्। उनीहरुको गुनासो सुन्ने काम भइरहेको पनि पौडेलले उल्लेख गरे।

‘तथापि सुनका गहना कारोबारमा संलग्न व्यवसायीको गुनासो सुनेको छु। छलफलमै छौँ। सार्थक निष्कर्षमा पुग्न सक्छौँ’, उनले भने।

कारोबार पारदर्शी बनाउन यो प्रस्ताव गरिएको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘क्यूआरबाट पैसा तिर्दैमा १० लाख जितिँदैन’ : बिल नभए करदाताको उपहार दाबी गर्न नपाइने

राष्ट्र बैंक गभर्नरको कार्यकाल घटाउने प्रस्ताव : अर्थ समितिमा ३, ४ र ५ वर्षको पक्ष–विपक्षमा बहस

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu