ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुनुवाइ समितिको बैठक माओवादीले गर्‍यो बहिष्कार


abc news
२३ असार २०८२, सोमबार   १ : ००   बजे

काठमाडौ २३ असार । सर्वोच्च अदालतका तीन र न्याय परिषद्का एक सदस्यको नाम अनुमोदन गर्न बसेको संसदीय सुनुवाइ समितिको बैठक प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले बहिष्कार गरेको छ।

समिति सदस्य जगप्रसाद शर्माले संविधानको मर्मअनुसार न्यायाधीश नियुक्ति समावेशी नभएकाले आफूहरुले बैठक नै बहिष्कार गरेको जानकारी दिए।

‘व्यक्तिप्रति हाम्रो असहमति होइन,’ माओवादी सांसद शर्माले भने, ‘संविधानको मर्मअनुसार न्यायाधीश नियुक्ति समावेशी भएन भन्ने मात्रै हो। हामीले समावेशी आधारमा नियुक्त गरौँ भनेर रोक्दै आएका थियौँ। तर, उहाँहरुले समावेशी आधारमा नियुक्ति गर्नेतर्फ ध्यान दिनु भएन। हामीले बैठक बहिष्कार गर्‍यौँ।’

यद्यपि, माओवादीको बहस्किारका बाबजुद सुनुवाइ समितिले प्रस्तावित न्यायाधीश र न्यायपरिषद् सदस्यको नाम अनुमोदन गरेको छ।

सोमबार बिहान बसेको समितिको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दीपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापालाई अनुमोदन गरेको छ।

त्यस्तै न्याय परिषद सदस्यमा प्रस्तावित महेशकुमार नेपालको नाम पनि अनुमोदन गरेको छ।

माओवादीले सिफारिस समावेशी नभएकाले त्यसलाई सच्याउन सुनुवाइ समितिबाट आग्रह गर्नुपर्ने अडान राखेको थियो। जनता समाजवादीबाट सदस्य रहेका प्रकाश अधिकारीले पनि समावेशी नभएको भन्दै आलोचना गरेका थिए।

तर, समिति सच्याउन आग्रह गर्ने निर्णय गर्न तयार नभएपछि बैठक बहिष्कार गरेको शर्माले बताए। ‘हामीले यतिका दिनसम्म रोकेर राखेका थियौँ, कानुनमन्त्रीसँग लामो छलफल पनि भयो,’ उनले भने, ‘कानुनीरुपमा सच्चिन्छ भने समितिले निर्देशन दिऊ, त्यो मिल्दैन भने अनुरोध गरौँ, त्यो पनि मिल्दैन भने ध्यानाकर्षण गराऊ भन्यौँ। समितिले त्यो मानेन् अनि हामी त्यो निर्णय प्रक्रियाबाट बाहिरिएका हौँ।’

१५ सदस्यीय सुनुवाइ समितिमा माओवादी केन्द्रबाट जनार्दन शर्मा र जगप्रसाद शर्मागरि दुई जना रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रिय भेलाअघि स्वदेश फर्किँदै शेरबहादुर देउवा, साउन २९ अगावै नेपाल आइपुग्ने

मुन्दडाको घरमा ‘हेभी अपरेशन : प्रधानमन्त्री कार्यालय हुँदै गृहमन्त्रालयबाट आएको सूचनाका आधारमा छापा, द्योगीहरूको आपत्ति, एसपीसँग स्पष्टीकरण

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu