बुटवल, १८ चैत्र
तेस्रो मदन भण्डारी अन्तर्रा्ष्टिय गोल्डकप प्रतियोगिताको फाईनलमा ए डिभिजन क्लव थ्रि स्टार र मनाङ मस्याङदी युवा क्वल फाईनलमा प्रतिस्पर्धा गर्ने भएका छन ।
मदन भण्डारी स्पोर्टस एकेडेमी प्रदेश ५ को आयोजनामा बुटवल १२ रामनगरमा रहेको मानविज्ञान माविको खेल मैदानमा भएको अन्तिम सेमिफाईनल खेलमा आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीलाई हराउँदै थ्रि स्टारले फाईनलमा मनाङ मस्याङदी संगको भेट पक्का गरेको हो । पहिलो सेमिफाईनलमा घरेलु टिम सुनौलो संगमलाई हराउँदै मनाङ मस्याङदी फाईनलमा प्रबेश गरेको थियो ।
थ्रि स्टारका लागि एक मात्र निर्णायक गोल खेलको ३५ औं मिनेटमा बुद्ध चेमजोङले गरे । प्रतियोगिताको फाईनल खेल भोली दिउसो २ बजे हुने मदन भण्डारी स्पोर्टस एकेडेमी प्रदेश ५ का अध्यक्ष नर बहादुर घर्तिले जानकारी दिनुभयो । प्रतियोगिता प्रथम हुनेले नगद १५ लाख, द्धितिय हुनेले नगद ७ लाख ५० हजाररुपैया प्राप्त गर्ने छन ।
प्रतिक्रिया दिनुहोस्