ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पोलिटब्युरो बैठक आजै सक्न ओलीको रुलिङ, ३२ जनाले राखे धारणा


abc news
३ श्रावण २०८२, शनिबार   ४ : ४६   बजे

काठमाडौ ३ साउन । सत्तारुढ दल नेकपा एमालेको पोलिटब्युरो बैठक जारी छ । च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा नेताहरूले आ–आफ्ना धारणा व्यक्त गर्ने क्रम जारी छ ।

हिजोदेखि सुरु भएको बैठक आगामी भदौमा हुने विधान महाधिवेशन, त्यसको तयारी र पछिल्लो पटक एमालेमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण लगायतका विषयमा केन्द्रित छ ।

केहीबेर अघि पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले दिएको जानकारी अनुसार, हिजो र आज ९पछिल्लो अपडेट० मा जम्मा ३२ जनाले आ–आफ्नो धारणा राखेका छन् ।

केहीले लिखित रुपमा पनि आफ्नो कुरा बैठकमा पेस गरेको गौतम बताउँछन् ।

आजको बैठकमा उत्तम पौडेल, आनन्द पोखरेल, गोकुल बास्कोटा, महेश बस्नेत, लिला गिरी, जगत विक, कमल चौलागाईं, ईश्वरी बहादुर रिजाल, जितु गौतम, बिनोद श्रेष्ठ लिखित०, सुमन प्याकुरेल, भैरव सुन्दर श्रेष्ठ, राम दयाल मण्डल, दलबहादुर राना र गोकुल घर्ती मगर लगायत गरी ३२ जनाले आफ्नो राय राखेको उनले बताए ।

गौतमका अनुसार, पार्टी अध्यक्ष केपी शर्मा ओलीले आजै बैठक सक्नेगरी रुलिङ गरेका छन् । सोही अनुसार आजै साँझ ६र७ बजेसम्म बैठक सक्नेगरी लागिएको उनले बताए ।

‘अहिले पार्टी अध्यक्षको रुलिङ अनुसार यो बैठक आजै समापन गरिँदैछ । बोल्न बाँकी ४० को हाराहारीमा सदस्य संख्या बाँकी छ,’ गौतमले भने ।

मूलतस् आजको बैठकमा पार्टीका पोलिटब्यूरो र स्थायी कमिटी सदस्यले पार्टी विधानमा उल्लेख भएका विषयका अतिरिक्त पनि आफ्ना कुरा राखेको उनले बताए ।

‘बाहिर सार्वजिनक भएको ७० वर्षको उमेर हद, दुई कार्यकालको व्यवस्था, पूर्वराष्ट्रपतिले राजनीतिमा प्रवेश गरेको र सदस्यता लगायतको विषयमा कुरा आएका छन्,’ उनले भने ।

त्यसका साथै, पार्टीका कमिटीहरूलाई समन्वय र कार्यकारीको भूमिकामा अघि बढाउनु पर्ने लगायतका कुरा पनि नेताहरूले राखेको उनले बताए ।

करिब ४० भन्दा बढी सदस्यले बोल्न बाँकी रहेको र त्यो क्रम अहिले चलिरहेको गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group