ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्या भण्डारीलाई वैकल्पिक नेता बनाउने नाममा भएको गुटबन्दी बन्द गरौँ- महेश बस्नेत


abc news
३ श्रावण २०८२, शनिबार   ६ : २८   बजे

काठमाडौ ३ साउन । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले पूर्वराष्ट्रपति विद्या भण्डारी सक्रिय राजनीतिमा आउन नैतिक नहुने धारणा रोखका छन्। शनिबार जारी पोलिटब्युरो बैठकमा आफ्ना धारणा राख्दै त्यसले लोकतन्त्रसँग मेल नखाने समेत तर्क गरे।

‘विद्या कमरेड राष्ट्रपतिसम्मको गरिमा र जिम्मेवारी लिनु भएको ब्यक्ति हो,’ बस्नेतको भनाइ छ, ‘ सक्रिय पार्टी पंक्तिमा फर्केर त्यो मर्यादा मेट्ने इथिकल र प्रक्रियागत गल्ति गर्नु हुन्न। जुन कुरा लोकतन्त्र र अन्तरिक जनवाद दुवैसँग मेल खाँदैन। पार्टीको पदीइ दायित्व छनोट चाहनाले मात्र होइन, विधिसम्मत प्रक्रियाले हुन्छ।’

भण्डारीको सदस्यता नवीकरण वा नयाँ लिनुपर्ने अवस्थामा पनि लहडमा नभइ केन्द्रीय कमिटीबाट निर्णय गर्नुपर्ने उनको मत छ। विद्या भण्डारीलाई बैकल्पिक नेता बनाउने नाममा गुटबन्दी गर्न नहुने समेत उनको भनाइ छ। ‘विद्या भण्डारीलाई बैकल्पिक नेता बनाउने नाममा गुट बनाएर पार्टी कमजोर बनाउने खेल बन्द गरौँ,’ बस्नेतले भने।

बस्नेतले बैठकमा राखेका विषय स्

१। विद्या कमरेड राष्ट्रपतिको गरिमा र जिम्मेवारी सम्हालिसकेको व्यक्ति हुनुहुन्छ। सक्रिय पार्टी पंक्तिमा फर्केर त्यो मर्यादा मेट्ने नैतिक तथा प्रक्रियागत गल्ती गर्नु हुँदैन। यस्तो कार्य लोकतन्त्र र आन्तरिक जनवाद दुबैसँग मेल खाँदैन। पार्टीको पदीय जिम्मेवारीको छनोट इच्छाबाट होइन, विधिसम्मत प्रक्रियाबाट हुनुपर्छ।

२। उहाँको सदस्यता नवीकरण गर्दा पूर्वराष्ट्रपतिको हैसियत के हुनेरु नयाँ सदस्यता लिने प्रक्रिया उहाँलाई आवश्यक छ कि छैन (यति गम्भीर विषय लहडमा होइन, केन्द्रीय कमिटीको निर्णयबाट मात्र गर्नुपर्छ।

३। ७० वर्षको उमेर सीमा हामीले नै बनाएका हौं। आवश्यकताका कारण हटाइए पनि अहिले यसको औचित्य देखिँदैन। अवकाश स्वचालित होइन, क्षमता र स्वेच्छाले हुने विषय हो। ‘मकुन्द न्यौपाने’ जस्तो प्रवेश गर्दा ुपद नचाहिनेु तर पछि ुपद चाहिनेु भन्ने दोधार अवस्था नहोस्।

४। दुई कार्यकालको सीमा महाधिवेशनले हटाएको हो। त्यसैले नयाँ विधान छापेर पार्टी र नेतालाई षड्यन्त्रको आरोप नलगाऔं। क्षमता र योग्यताका आधारमा नेता छान्ने संस्कार बनाऔं। अब सचिवालयले ल्याएको ‘हटाउने प्रस्ताव’ पास गरौं।

५। विद्याभण्डारीलाई वैकल्पिक नेता बनाउने नाममा गुट बनाएर पार्टी कमजोर पार्ने खेल बन्द गरौं।

६। ुसचिवालयमा बहुमत छु भनेर मिडियाबाजी गर्दै आफू अनुकूल निर्णय गराउने र अनुकूल नभएपछि अनर्गल बोल्ने प्रवृत्ति अन्त्य गरौं। सचिवालयले ल्याएको विधान संशोधन प्रस्ताव पोलिटब्युरोले परिमार्जन गरेर सर्वसम्मत पारित गरौं।

७। कहिले ुबरिष्ठ पद हट्दा टुलुटुलु हेरेर बस्नेु अनि कहिले ुकेपी ओलीलाई औंला ठड्याएर चुनौती दिनेु भनेर मिडियामा नाम आएका ७० वर्ष नाघेका नेताहरूलाई खुला रूपमा उम्मेदवार बन्न प्रोत्साहित गर्ने प्रस्ताव सचिवालयबाट आएको छ। त्यस्तो आग्रह नगरी उहाँहरूलाई प्रतिस्पर्धा गर्ने वातावरण बनाउने फराकिलो निर्णय गर्न केपी ओलीजस्तै विशाल छाती चाहिन्छ।

८। ुप्रचण्ड, शेखर र विद्याभण्डारी मिलेर सत्ता समीकरण खोज्दैछन्ु भन्ने अमरेश सिंहको भनाइ छ। चीन भ्रमणदेखि नारायणकाजी, शेखर कोइरालासँग विद्या कमरेडको भेटघाट र ‘सहयोग माग’( वाम एकताको नाममा फेरि एमालेलाई कमजोर पार्ने चालमा कम्युनिस्ट विरोधी तत्व सक्रिय छन्। यस्ता तत्वलाई प्रवेश दिनु हुँदैन। अन्तिम निर्णय हाम्रो पार्टीको संगठनभित्रैबाट मात्र हुनुपर्छ।

९। एमालेभित्र नेतृत्व र पार्टीको पक्षमा उभिँदा असक्षम देखाउने र खुइल्याउने प्रवृत्ति बढेको छ। जति सुकै ुअसक्षमु को ट्याग लागेपनि परिभाषित काममा आफ्नो क्षमता देखाउँछौं। हाल अध्यक्षको विकल्प नतयार भएकाले आगामी कार्यकाल पनि केपी ओलीकै नेतृत्वमा नेकपा एमाले अगाडि बढ्नुपर्ने प्रस्ताव गर्दछु।

विधानसँग सम्बन्धित सुझावहरू

१। स्थायी कमिटीको संख्या २५ पुर्‍याउने।
२। उपत्यका विशेष कमिटी गठन गर्ने।
३। प्रवासमा युवा, विद्यार्थी, मजदुर र महिला कमिटीहरू विस्तार गर्ने।
४। तीव्र बसाइँसराइ भएका जिल्लामा सक्रिय सम्पर्क कमिटीहरू गठन गर्ने।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

सम्बन्धित

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group