ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दाउन्ने सडकखण्ड एक वर्षमा ६३ पटक अवरुद्ध, काममा ढिलाइ


abc news
४ श्रावण २०८२, आइतबार   १० : ५२   बजे

काठमाडौ ४ साउन । बुटवल–नारायणगढ सडकअन्तर्गतको नवलपरासी दाउन्ने खण्ड एक वर्षमा ६३ पटक अवरुद्ध भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीका अनुसार २०८१ साउन १ गतेदेखि २०८२ असार ३२ गतेसम्म बुटवल–नारायणगढ सडक पूर्ण वा आंशिक रूपमा पटक–पटक अवरुद्ध भयो ।

पहिरो, वर्षासँगै बग्ने माटो र हिलोले यो सडकको यात्रा सहज छैन । दाउन्ने क्षेत्रको विश्वकर्मा मन्दिर, घ्युखोला र त्रियासी मोडजस्ता ठाउँहरू बढी प्रभावित हुने क्षेत्र हुन् । सडक विस्तारका लागि दाउन्ने पहाडमा गरिएको भित्तो कटानले पहिरोको जोखिम बढाएको ट्राफिक प्रमुख जनक बन्जाराले बताउनुभयो । घाम लाग्दा धुलो र खाल्डाखुल्डीका कारण पनि दाउन्ने खण्डमा सधैँजसो समस्या हुँदै आएको छ ।

गएको पुस २६ गते विनयी त्रिवेणी गाउँपालिका–१ मा रहेको विनयी खोलाको पुल भत्किएपछि अझ अस्तव्यस्त भएको थियो । गएको असार १९ गतेदेखि नयाँ पुल सञ्चालनमा आएपछि केही सहज भएको छ । अहिले पर्खाल, कल्भर्ट र ढलानको काम भइरहेको पूर्वी खण्डका सूचना अधिकारी इञ्जिनियर शिव खनालले जानकारी दिनुभयो ।

गैँडाकोटदेखि दाउन्नेसम्मको ६५ किलोमिटर खण्डमा बजार क्षेत्रमा सर्भिस लेनसहित छ लेन र जोखिमयुक्त दाउन्ने क्षेत्रमा तीन लेनको सडक विस्तारको काम भइरहेको छ । चाइना स्टेट इञ्जिनियरिङ कर्पोरेसनले १७ अर्ब रुपैयाँको लागतमा सडक निर्माणको ठेक्का लिएको हो । यसअघि तीनपटक म्याद थपिएको यो आयोजना यही साउन मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘क्यूआरबाट पैसा तिर्दैमा १० लाख जितिँदैन’ : बिल नभए करदाताको उपहार दाबी गर्न नपाइने

राष्ट्र बैंक गभर्नरको कार्यकाल घटाउने प्रस्ताव : अर्थ समितिमा ३, ४ र ५ वर्षको पक्ष–विपक्षमा बहस

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu