ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुकुन्दश्याम गिरीमाथिको कारबाही फिर्ता लिन राप्रपा महामन्त्री शाहीसहित १६ नेताको अपिल


abc news
४ श्रावण २०८२, आइतबार   ११ : ०८   बजे

काठमाडौ ४ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा की महामन्त्री कुन्तिकुमारी शाहीसहित कर्णालीका १६ जना नेताहरूले उपाध्यक्षबाट पदमुक्त गरिएका मुकुन्दश्याम गिरीमाथिको कारबाही फिर्ता लिन माग गर्दै अपिल जारी गरेका छन्।

शुक्रबार अध्यक्ष राजेन्द्र लिङ्देनले मनोनीत उपाध्यक्ष गिरीलाई पदमुक्त गरेका थिए।

यो पनिस् लिङ्देनले किन खोसे राप्रपा नेताहरूको पदरु

कर्णाली प्रदेशका केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले उपाध्यक्ष गिरीलाई पूर्ववत् अवस्थाकै पदमा फर्काउन माग गर्दै सामूहिक अपिल निकालेका हुन्।

‘राप्रपा स्थापनाकालदेखि अनवरत सक्रिय रहनुभएका कर्णाली प्रदेशका जनप्रिय निष्ठावान नेता उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई उपाध्यक्ष एवं केन्द्रीय समिति सदस्यबाट पदमुक्त गरेको विषयप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ शनिबार जारी गरिएको अपिलमा भनिएको छ, ‘उहाँले पार्टीलाई दिनुभएको योगदान, त्याग र तपस्याको अवमूल्यन गरी पार्टीलाई विधानतः सञ्चालन गर्नका लागि नेतृत्वलाई सजग गराउने प्रकृतिको सामूहिक वक्तव्यलाई आधार बनाएरबिना कुनै सूचना र स्पष्टीकरण उहाँलाई विधानविपरीत पदमुक्त गरिँदा कर्णाली प्रदेशका हामी तमाम पदाधिकारी तथा केन्द्रीय सदस्यहरू चिन्तित भएका छौं।’

गिरीमाथिको कारबाहीप्रति उनीहरूले असहमति प्रकट गरेका छन्।

‘पार्टीको वृहत्तर हित र पार्टी एकतालाई ध्यानमा राखेर उहाँलाई विधानविपरीत गरिएको कारबाही तत्काल फिर्ता गरी पूर्ववत् जिम्मेवारीमा पुनर्स्थापना गर्न केन्द्रीय अध्यक्षज्यूसमक्ष अपिल गर्दछौं,’ अध्यक्ष राजेन्द्र लिङ्देनलाई लक्ष्य गर्दै उनीहरूले भनेका छन्।

अध्यक्ष लिङ्देनले भने आफूले मनोनीत गरेकाहरूले गुट बनाउँदै असहयोग गरेकोले पदमुक्त गर्नुपरेको अभिव्यक्ति दिने गरेका छन्।

यसअघि अध्यक्ष लिङ्देनले असार २५ गते अनुशासन समिति अध्यक्ष नवराज सुवेदीलाई हटाएर उक्त ठाउँमा उपाध्यक्ष रोशन कार्कीलाई मनोनीत गरेका थिए भने सोही दिन प्रवक्ताबाट सगुनसुन्दर लावतीलाई पदमुक्त गरेका थिए।

आफूहरूलाई विधानविपरीत र स्पष्टीकरणको मौकासमेत नदिई अध्यक्ष लिङ्देनले पदमुक्त गरेको भन्दै सुवेदी र लावती पनि निर्वाचन आयोगमा पुगेर उजुरी दिएका थिए।

उपाध्यक्षबाट पदमुक्त गरिएका गिरीले पनि आज निर्वाचन आयोगमा गएर उजुरी दिने तयारी गरेका छन्।

गिरीमाथिको कारबाही फिर्ता माग गर्दै अपिल जारी गर्नेहरूस

१। कुन्तिकुमारी शाही, महामन्त्री

२। दिपबहादुर शाही, अध्यक्ष, कर्णाली प्रदेश

३। सत्यबहादुर शाही, केन्द्रीय सदस्य, कालिकोट

द्ध। कालिबहादुर शाही, केन्द्रीय सदस्य, हुम्ला

५। सुनिता शाह, केन्द्रीय सदस्य, सुर्खेत

६। सौरेन्द्रबहादुर शाह, सहायक महामन्त्री, रुकुम पश्चिम

७। यज्ञबहादुर सिंह, केन्द्रीय सदस्य, जाजरकोट

८। जनक सिंह ठकुरी, केन्द्रीय सदस्य, सुर्खेत

९। भीमबहादुर शाही, केन्द्रीय सदस्य, जुम्ला

१०। अनुपम सिं श्रेष्ठ, केन्द्रीय सदस्य, सल्यान

११। दिपक मल्ल, केन्द्रीय सदस्य, रुकुम पश्चिम

१२। दिपक खनाल, केन्द्रीय सदस्य, जाजरकोट

१३। बबिता शाही, केन्द्रीय सदस्य, दैलेख

१४। धनसुर शाही, केन्द्रीय सदस्य, कालिकोट

१५। अमर गिरी, आमन्त्रित केन्द्रीय सदस्य, सल्यान

१६। टीका योगी, अध्यक्ष, सुर्खेत काठमाडौं सम्पर्क समाज।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

सम्बन्धित

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group