ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतका उपराष्ट्रपतिले किन दिए राजीनामा ? के मोदी पनि राजीनामा गर्दैछन् ?


एबीसी न्यूज
६ श्रावण २०८२, मंगलबार   ६ : ३२   बजे

काठमाडौं ५ साउन । भारतका उपराष्ट्रपति जगदीप धनखरले सोमबार पदबाट राजीनामा दिएका छन्।

राष्ट्रपति द्रौपदी मुर्मुलाई लेखेको राजीनामापत्रमा उनले स्वास्थ्य अवस्था र चिकित्सकको सल्लाहलाई कारणका रूपमा उल्लेख गरेका छन्।

उनले संविधानको धारा ६७ (क) को आधारमा राजीनामा घोषणा गरेका हुन्।

उपराष्ट्रपतिले राजीनामापत्र आफ्नो सामाजिक सञ्जालमा पनि राखेका छन्।

राष्ट्रपति मुर्मुलाई लेखेको पत्रमा उपराष्ट्रपति धनखरले लेखेका छन्, ‘स्वास्थ्यलाई प्राथमिकता दिँदै र चिकित्सा सल्लाह पालना गर्दै म तत्काल लागु हुने गरी भारतको उपराष्ट्रपति पदबाट राजीनामा दिइरहेको छु।’

यसका साथै उनले यतिन्जेल सहयोग र सद्‌भावका लागि राष्ट्रपति, प्रधानमन्त्री नरेन्द्र मोदी र मन्त्रिपरिषद्लाई धन्यवाद दिएका छन्।

उपराष्ट्रपति जगदीप धनखरले आफ्नो राजीनामा पत्रमा लेखेका छन्, ‘संसद्‌का सबै माननीय सदस्यहरूबाट मैले पाएको स्नेह, विश्वास र सम्मान मेरो जीवनभर मेरो हृदयमा रहनेछ।’
धनखडको राजीनामालाई हालै मात्र आरएसएस प्रमुख मोहन भागवतले ७५ उमेर पुगेपछि आरएसएस कार्यकर्ताले अवकाश लिनु पर्ने विचार अघि सारेका थिए । यही मे महिनामा धनखड ७५ वर्ष पुगेको भारतीय मिडियाले जनाएका छन् ।
धनखडको राजीनामा प्रधानमन्त्री नरेन्द्र मोदीमाथि समेत दबाव पर्ने विश्लेषण भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group