ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेस नेता निधि र इजरायली राजदूतबीच भेटवार्ता


abc news
६ श्रावण २०८२, मंगलबार   १२ : ५२   बजे

काठमाडौ ६ साउन । नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधि र नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बासबीच मंगलबार भेटवार्ता भएको छ।

निधि निवास नयाँ बानेश्वरमा भएको भेटमा नेपाली विद्यार्थी विपिन जोशीको रिहाइ, इजरायल र नेपालवीचको सम्बन्ध, इजरायलमा नेपाली विद्यार्थीको ‘अर्न एन्ड लर्न’ लगायतका विषयमा कुराकानी भएको छ।

भेटमा हमासको नियन्त्रणमा रहेको भनिएका नेपाली विद्यार्थी विपिन जोशीलाई पहिलो प्राथमिकतामा राखेर रिहाइका लागि पहल गर्न ध्यानाकर्षण गराएका थिए। राजदूत बासले जोशी सकुशल रहे नरहेको बारे अहिलेसम्म आफूहरुलाई जानकारी नभएको बताएका थिए।

यूनमा रहेका १८ वटा प्रस्तावहरुका सम्बन्धमा नेपालले इजरायलको पक्षमा मतदानको नीति अख्तियार गर्न आग्रह गर्दै मतदान गर्न नसक्ने अवस्था रहेमा अनुपस्थितको नीति अबलम्बन गर्नका लागि निधिसंग राजदूत बासले आग्रह गरेका थिए।

इजरायलको स्थापनादेखि नै नेपालले इजरायललाई मान्यता दिँदै आएको र द्धिपक्षीय सम्बन्ध जारी राख्दै आएको निधिले बताउँदै प्यालेस्टिनीलाई पनि नेपाल सरकारको मान्यता रहेको निधिले बताएका थिए।

‘अर्न एन्ड लर्न’ कार्यक्रमबाट नेपाली विद्यार्थीहरू लाभान्वित भएको तर हाल रोकिएको यो कार्यक्रम पुनः संचालन गर्न नेपाल तयार रहेको पनि नेता निधिले जानकारी गराएका थिए।

उनले नेपाल र इजरायलबीच सन् १९६० मा स्थापना भएको द्विपक्षीय सम्बन्धको स्मरण गर्दै इजरायलले नेपाली विद्यार्थीहरुलाई छात्रवृत्ति तथा कृषि, श्रम र सुरक्षाका क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गरे।

निधि र राजदूतबीच मधेश प्रदेशमा कृषि क्षेत्रमा लगानीको सम्भावनाका बारेमा सकारात्मक कुराकानी भएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group