ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपति भइसकेको व्यक्तिले राजनीति गर्ने होइन, एमालेले गम्भीर छलफल गरोस्- कांग्रेस


abc news
६ श्रावण २०८२, मंगलबार   २ : १९   बजे

काठमाडौ ६ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा सक्रिय भएको विषयमा नेपाली कांग्रेसले आफ्नो धारणा सार्वजनिक गरेको छ। मंगलबार बिहान सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा पूर्वपदाधिकारी र सभापति देउवाले पूर्वराष्ट्रपति पुनस् राजनीतिमा सक्रिय हुनु उचित नभएको निष्कर्ष निकालेका हुन्।

सोमबार गोपालमान सिंहको निवास चाक्सीबारीमा यसबारे ७ नेताले छलफल गरेका थिए। आज ती सातमध्ये कै ५ नेता बूढानीलकण्ठ पुगेर देउवासँग छलफल गरे।

छलफलमा सहभागी नेता गोपानमान श्रेष्ठले भने, राष्ट्रपति भइसकेपछि पुनस् पार्टीको राजनीतिमा फर्किनु उचित हुँदैन। राष्ट्रपति त देशकै सर्वश्रेष्ठ पद हो। यो पदमा पुगिसकेको मान्छे फेरि राजनीतिमा फर्किन सुहाउँदैन। भन्ने कुरा भयो। सभापतिको पनि यही धारणा रह्यो।

गोपानमान श्रेष्ठ, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विजय गच्छेदार र डा प्रकाशरण महतसँगको छलफलमा सभापति देउवाले पनि यसबारे एमालेले निर्णय गर्नुपर्ने बताएका थिए।

सरकारको आलोचना गर्ने नेतालाई देउवाले भनेस् विस्तारै सुधार हुन्छ, अहिले नै कुनै कदम नचालौँ
एमाले अध्यक्ष चाहिँ पूर्वराष्ट्रपति राजनीतिमा आउन हुने या नहुने भन्ने विषयमा स्पष्ट हुनुहुन्छ, देउवालाई उदृत गर्दै श्रेष्ठले भने, यसबारे एमालेले उचित र गम्भीर निर्णय गर्नुपर्छ।

नेताहरूले पूर्वराष्ट्रपति सम्मानीत पद भएकोले त्यसको मर्यादा कायम राखेर बस्नुपर्ने धारणा राखेको श्रेष्ठले जानकारी दिए।

भण्डारी भने यता एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा नै गरिसकेकी छन्। उनको सदस्यता नवीकरणको विषयले एमालेभित्र नेताहरू विभाजित पनि भएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group