ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मनमोहन बाहेकका कम्युनिष्ट नेताले असुली धन्दा चलाएकै छन् – जनार्दन शर्मा


abc news
६ श्रावण २०८२, मंगलबार   ५ : ०९   बजे

काठमाडौ ६ साउन । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले नेपालका कम्युनिष्ट प्रधानमन्त्रीहरूले असुली धन्दा गरेको ठहर भएकै जिकिर गरेका छन् ।

पुष्पलाल स्मृति दिवसका अवसर पारेर सोमबार मार्क्सवादी अध्ययन केन्द्रले काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उपमहासचिव शर्माले यस्तो बताएका हुन् ।

उनले ९ पटक कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार बन्दा पनि देशको गरिबीको अवस्था उस्तै रहेको भन्दै चिन्ता व्यक्त गरे ।

उनले यो प्रश्न इतिहासकै सबैभन्दा बलियो प्रश्न रहेको पनि बताए ।

सम्बोधनको क्रममा उनले मनमोहन अधिकारी बाहेकका अन्य कम्युनिष्ट पार्टीका नेताले असुली धन्दा गरेको ठहर भएको जिकिर गरे ।

‘प्रधानमन्त्रीले भ्रष्टाचार नगर्ने र गर्न नदिने हो भने आधा भ्रष्टाचार त्यसै घट्छ । तर त्यस्तो संकल्प हाम्रो नेतृत्वमा देखिएन,’ उपमहासचिव शर्माले भने, ‘दुस्खका साथ भन्नुपर्छ मनमोहन अधिकारीबाहेक अरू कम्युनिष्ट नेताले असुली धन्दा गरैकै छन्,यो ठहर भएकै छ ।’

उनले यसलाई आरोप नभइ यथार्थको रुपमा बुझ्न पनि आग्रह गरे ।

‘आज यहाँसम्म आइपुग्दा सायद ९ पटक कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार बनेको छ । ९ पटक कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार बनिरहँदा आज देशको गरिबीको अवस्था, बहुआयामिक गरिबीको जो अवस्था छ,’ उपमहासचिव शर्माले भने, ‘आज उत्पीडित जातीमाथिको अत्याचार के भइरहेको छ, पहिचानका मुद्दा जसरी हराइरहेका छन् । आज लाखौं लाख युवाहरू विदेशमा गएर विदेशको भूमिमा श्रम पसिना बगाइरहेका छन् ।’

उनले कम्युनिष्ट पार्टीको नेतृत्वमा बनेका सरकारले जनतालाई के दियो रु भन्दै प्रश्न गरे ।

‘आज इतिहासको सबैभन्दा कटु प्रश्न हो यो । ९ ९ पटक सरकारको नेतृत्व गर्दा हामीले के दियौं रु के बदल्यौं रु वा के गर्‍यौं रु यो गम्भीर प्रश्न छ । यो समाज परिवर्तनको नयाँ अभियानसँग सम्बन्धित प्रश्न हो,’ शर्माले भने ।

यो प्रश्नको उत्तर आजका कम्युनिष्ट पार्टीका व्यवहार र तरिकालाई फेर्न सक्छौं कि सक्दैनौं भन्ने मुख्य कुरा रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group