ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गोदावरीको समूहगत छलफलमा विद्याबारेको बहस तीव्र, को-को नेता खुले ?


abc news
२२ भदौ २०८२, आइतबार   ६ : ५४   बजे

काठमाडौं, २२ भदौ । नेकपा एमालेको विधान महाधिवेशनमा समूहगत छलफल जारी छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटनमा भण्डारीको मुद्दा महाधिवेशनको विषय नभएको बताए, तर समूह छलफलमा अधिकांश वक्ताहरूले भण्डारीको पक्षमा बोलेका छन्।
काठमाडौं । गोदावरीमा जारी नेकपा एमालेको विधान महाधिवेशनमा अहिले समूहगत छलफल चलिरहेको छ ।

महाधिवेशनमा प्रस्तुत प्रतिवेदनहरूमा मात्र समूहगत छलफल गर्न नेतृत्वले निर्देशन दिएको थियो । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन मन्तव्यकै क्रममा भण्डारीको सदस्यता विषयलाई लक्षित गर्दै यो विषय गोदावरीमा छलफल नहुने अडान दोहोर्‍याएका थिए ।

उनको भनाइ थियो, ‘पार्टीमा कतिपय विषय अनावश्यक ढङ्गले संवेदनशील बनाइएका छन् या बनेका छन् । तर, ती कुराहरू विधान संशोधनसँग सम्बन्धित छैनन् । त्यो विधान महाधिवेशनसँग सम्बन्धित विषय होइन । जुन विषय विधानसँग सम्बन्धित छैनन् ती प्रश्नहरू अन्यत्र कमिटीगत छलफलका विषय हुन् । त्यसबारेमा पार्टी कमिटीले छलफल गर्दै जानेछ ।’

तर, समूहहरूमा छलफल भने भण्डारीको सदस्यतामा केन्द्रित देखिएको छ । भण्डारीलाई रोक्ने विषयले मिसन ८४ मा गम्भिर असर पर्ने भन्दै विवाद छिटो सुल्झाउन नेताहरूको ध्यानाकर्षण गराएका छन् ।

समूह छलफलमा सुदूरपश्चिमका ४९ जनाले बोल्न नाम टिपाएकोमा ४८ जनाले विद्या भण्डारी पक्षमा बोलेका छन् । सदस्यता रोक्ने निर्णयमा डोटीका लक्ष्मण मरासिनीमात्र उभिए ।

केन्द्रीय सदस्यहरू झपट रावल, प्रकाश शाहसहितले भण्डारीलाई फर्किन दिनुपर्ने बहसको लिड गरेका छन् ।

बागमतीमा ८२ जनाले बोलेका छन् । पोलिटब्युरो सदस्य अरुण नेपाल, टंक कार्की, प्रदेश अध्यक्ष कैलाश ढुंगेल, स्थायी कमिटी सदस्य सीता पौडेल, केन्द्रीय सदस्य शर्मिला कार्की, काठमाडौं अध्यक्ष दिपक निरौला, नुवाकोटका नारायण खतिवडा, काठमाडौं उपसचिव उद्धव भण्डारी, विदुर खड्का, हरि खड्कालगायतका नेताले भण्डारीलाई सदस्यता नदिने निर्णय पुनर्विचार गर्न आवाज उठाए ।

बागमतीको समूहमा रामेश्वर फूयाँल, ललितपुरका मधुसुदन पौडेललगायतका नेताले पूर्वराष्ट्रपति मर्यादा र सम्मानित ठाउँमै रहनुपर्ने भन्दै पार्टी पोलिटिक्समा फर्किन नहुने तर्क राखे । बागमतीमा भण्डारी पक्षको प्रभाव राम्रो मानिन्छ ।

जनसंगठन, सम्पर्क कमिटी र प्रवास आयोग सम्मिलित समूहमा ४९ जनाले बोलेका छन् । नेता लालबाबु पण्डितले सुरूमै विद्या भण्डारीको विषय नराख्न निर्देशन दिएका थिए । तर, केन्द्रीय लेखा आयोगका सचिव विष्णुबहादुर राउतले भण्डारीको पक्षमा कुरा उठाए । यो समूहमा टोली नेता छान्ने विषयमा समेत विवाद भयो । पण्डितले आफू बस्ने प्रस्ताव राखेपनि बुद्धिजीवि परिषद्का अध्यक्ष गजेन्द्र थपलिया र प्रवासका नेता भक्त गुरुङले पनि दाबी गरेका छन् ।

लुम्बिनीमा रोल्पाक पूर्व जिल्ला कमिटी अध्यक्ष शान्ताराज वलीले बोलेका भण्डारीलाई आउन दिनुपर्ने राय राखे । विष्णु पौडेल र शंकर पोखरेलको यो प्रदेशमा अधिकांश प्रतिवेदन र स्थानीय मुद्दामा केन्द्रित भए ।

सल्लाहकार, केन्द्रीय विभाग र आयोजक कमिटीमा ५० जनाले बोल्न नाम टिपाएका छन् । मधेशबाट २२ जनाले नाम टिपाएकोमा केहीले मात्र विद्याको विषय छोए । धेरै स्थानीयस्तरकै सवाल उठ्यो ।

प्रतिनिधिलाई छलफलका लागि प्रदेश, उपत्यका र केन्द्रीय संरचनाको आधारमा १० वटा समूहमा बाँडिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । कोशीको भने समूहगत छलफल सकाएर प्रतिवेदन लेखन कार्य थालेको छ ।

मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशगत छलफल जारी छ । त्यसैगरी उपत्यका विशेष प्रदेश, विभिन्न जनसङ्गठन, सम्पर्क समन्वय समिति र प्रवास, केन्द्रीय निकायका प्रतिनिधि तथा केन्द्रीय कार्यालय र विभागीय संरचना र केन्द्रीय निकाय आयोजकले पनि छलफल गरिरहेका छन् ।

आजै छलफल सकेर समूहका नेताले भोलि प्रतिवेदन प्रस्तुतिकरण गर्ने गौतमले जानकारी गराएका छन् ।

‘समूहगत रूपमा प्रतिवेदनमाथि आएका सुझावलाई अध्यक्षले जवाफ दिनुहुन्छ । कुनै विषयमा सहमति हुन नसकेमा मतदानबाट टुंगो लगाई एकीकृतरूपमा पार्टी विधान तयार हुनेछ’, गौतमले सुनाए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group