ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रहरीका ४४५ भवन ध्वस्त, ११०० थान हतियार लुटपाट


एबीसी न्यूज
१ आश्विन २०८२, बुधबार   ६ : १९   बजे

काठमाडौं, १ भदौ । जेन(जी आन्दोलनको क्रममा नेपाल प्रहरीतर्फ मानवीयका साथै ठूलो भौतिक क्षति भएको छ । आन्दोलनको फ्रन्टलाइनमा खटिएको प्रहरीतर्फ २३ भदौमा खासै क्षति नभए पनि २४ भदौको प्रदर्शनमा ठूलो क्षति भएको हो ।पहिलो दिनको आन्दोलनमा केही प्रहरी सामान्य घाइते भएका थिए । पहिलो दिन प्रदर्शनकारीतर्फ अकल्पनीय क्षति भयो । सुरक्षाकर्मीको गोली लागेर नयाँ बानेश्वर र सुनसरीमा गरी २१ जनाको मृत्यु भयो ।

प्रदर्शनकारीहरू एभरेष्ट होटल अगाडिको ब्यारिकेट तोड्दै संसद् भवन प्रवेश गरेका थिए । त्यसपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यू लगाउँदै सेना परिचालन गरेको थियो ।

सामाजिक सञ्जालमा गरिएको प्रतिबन्ध फुकुवा, भ्रष्टाचार र बेथतिको अन्त्यको माग गर्दै प्रदर्शनमा उत्रिएका जेन(जीको आक्रोश रोकिएन ।प्रदर्शन दबाउन सुरक्षाकर्मीबाट गोली चलाइयो । सो क्रममा २१ जनाले ज्यान गुमाए । यसको भोलिपल्ट आन्दोलन थप उग्र बन्यो । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिँदा समेत प्रदर्शनकारी रोकिएनन् ।दिउँसैबाट भएको तोडफोड र आगजनी राति १० बजेसम्म निरन्तर चल्यो ।

राति १० बजेबाट सेनाले सम्पूर्ण सुरक्षा कमान्ड आफ्नो हातमा लिँदै फिल्डमा उत्रिएपछि बल्ल आगजनी, तोडफोड र लुटपाट मत्थर भएको थियो ।राति १० बजेसम्मको तोडफोड र आगजनीबाट प्रहरी कार्यालयहरू खरानी बनेका थिए । ज्यान बचाउनकै लागि प्रहरीहरू कार्यालय छाडेर भाग्नुपर्ने अवस्था आयो । बर्दी फुकालेर भाग्दै केही प्रहरीले ज्यान बचाए । केहीले बर्दी फुकाल्दै हाड उठाएर प्रदर्शनकारीसँग आत्मसमर्पण गरे ।
साढे ४०० भवन ध्वस्त
प्रदर्शनकारीले प्रहरीका भवनमा तोडफोड र आगजनी गर्नुका साथै गाडी जलाउने, लुट्नेसम्मका काम गरेका थिए । त्यस क्रममा देशभर नेपाल प्रहरीका कार्यालयमध्ये करिब साढे ४०० भवन ध्वस्त भए ।

प्रहरी प्रधान कार्यालयका सहप्रवक्ता तथा एसएसपी रमेश थापाका अनुसार देशभर प्रहरीका ४४५ प्रहरी कार्यालयमा तोडफोड र आगजनी भयो । जसमध्ये १९७ प्रहरी कार्यालय पूर्ण क्षति भए । ती कार्यालयहरूमा मर्मत सम्भार गरेर पुनस् प्रयोग गर्न सकिने अवस्था नै नरहेको बताइएको छ ।

२५८ वटा प्रहरी कार्यालय भने आशिंक क्षति भएकाले मर्मत गरेर पुनस् प्रयोग गर्न सकिने आकलन प्रहरीले गरेको छ । सबैभन्दा बढी क्षति त उपत्यका भित्रैका प्रहरी कार्यालयमा भए ।काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी शेखर खनालका अनुसार उपत्यकामा मात्रै १५३ वटा प्रहरी कार्यालयमा तोडफोड र आगजनी भयो ।

एआईजी बस्ने रानीपोखरीको कार्यालयमा समेत प्रदर्शनकारीहरूले आगो लगाए । उपत्यकाका डीएसपीले कमान्ड गर्ने १८ वटा प्रहरी वृत्तमध्ये मालीगाउँ वृत्त मात्रै सग्लो रह्यो ।कार्यालयमा रहेका सवारी कति जले भन्ने यकिन हुन बाँकी नै रहेको प्रहरीले बताएको छ । केही सवारीहरू जलेको अवस्थामा छन् केही सवारी चोरी भएको हुनसक्ने प्रहरीको अनुमान छ । सवारी साधनतर्फ ठूलो क्षति भएको प्रहरी बताउँछ ।

११०० थान हतियार लुटपाट

प्रदर्शनकारीहरूले प्रहरी कार्यालय तोडफोड र आगजनी मात्रै गरेनन्, हतियार समेत लुटे । प्रहरीका हतियार लुटेर पोजिसन लिँदै गरेको भिडिओ, तस्वीर प्रदर्शनकारी स्वयंले सार्वजनिक गरेका थिए ।

लुटिएका हतियारहरूमध्ये करिब ३०० थान नेपाली सेनाले बरामदसमेत गरेको थियो । सहप्रवक्ता थापाका अनुसार सानाठूला गरी प्रहरीका ११०० थान हतियार लुटिएका छन् ।

पेस्तोल, बन्दुक, ग्यास गनलगायत हतियार लुटिएको प्रहरीको भनाइ छ । नेपाल प्रहरीलाई यसअघि समेत हतियार अपुग भन्दै पटकपटक किन्ने प्रक्रिया अघि बढाउँदै रोकिँदै आएको थियो । यही अवस्थामा अहिले ११०० थान प्रहरीका हतियार लुटिएका छन् ।

गोलीको त हिसाब नै नरहेको प्रहरी अधिकारीहरू बताउँछन् । कति गोली, अश्रुग्यास लुटिए, हराए भन्ने यकिन तथ्यांक आउन अझै समय लाग्ने प्रहरीको भनाइ छ ।

आइतबार मात्रै काभ्रे प्रहरीले ७३० राउन्ड गोलीसहित ८ जनालाई पक्राउ गरेको छ ।

१९६३ प्रहरी घाइते

जेन(जीको प्रदर्शनमा काठमाडौंदेखि देशभर १ हजार ९६३ प्रहरी घाइते भएको सहप्रवक्ता थापाले बताए ।

घाइतेमध्ये १ हजार ९३९ जना उपचारपश्चात् डिस्चार्ज भएर घर फर्किसकेका छन् । २४ जना भने अझै अस्पतालमा उपचाररत रहेको बताइएको छ । प्रदर्शनको क्रममा तीन प्रहरी मारिएका छन् ।

प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत प्रहरी सहायक निरीक्षक ९असई० मिलन राय, वृत्त महाराजगञ्जकै जवान उत्तम थापा र प्रहरी प्रभाग कोटेश्वरका सहायक हवल्दार अमृत गुरुङ प्रदर्शनकारीहरूको तर्फबाट मारिए ।

यसैगरी प्रहरी र प्रदर्शनकारीसमेत गरी अहिलेसम्म मृत्यु हुनेको संख्या ७४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group