ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मेरो हातमा केही पनि नरहेको थाहा पाएपछि राजीनामा दिएँ: ओली


एबीसी न्यूज
११ आश्विन २०८२, शनिबार   ७ : ३०   बजे

काठमाडौँ, ११ असोज । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना हातमा केही पनि नरहेको थाहा पाएपछि प्रधानमन्त्री पदबाट राजीनामा दिएको बताएका छन्।

शनिबार भक्तपुरस्थित गुण्डुमा युवा संघले आयोजना गरेको दशैं विषेश शुभकामना कार्यक्रममा उनले२३ र २४ भदौको घटानाबारे जानकारी गराउँदै यस्तो बताएका हुन्।

‘जब मेरो हातमा केही पनि रहेन भन्ने थाहा पाएपछि मैले राजीनामा गरेको हुँ। त्यसपछि तोडफोड, आगजनी अनेक घटनाहरू घटे’, ओलीले भने।

उनले २३ गते गोली कसरी चल्यो भन्नेमा आफू आश्चार्यमा रहेको बताएका छन्। ‘गोली कसरी चल्योरु गोली चल्ने तहमा कसरी पुग्यो मैले सोधेको छु’, उनले भने ‘पछि मैले सुने १४ जनाको निधन भइसक्यो।’

उनले गोली प्रहरीले खुट्टा मुनी हान्नुपर्ने भए पनि टाउको र छातीमा ताकिताकि हानिएको भन्दै त्यसबाट पनि आफू आश्चार्यमा रहेको बताए। ‘मैले सुनेको छु टोउकोमा गोली लागेको छ। म सोच्दैछु यस्तो किन भइरहेको छ। कसरी रोक्न सकिन्छ यस कुरालाई मैले भन्दैछु’ उनले अगाडि भने ‘देशमा रक्तपात नहोस् भनेर म सोच्दैछु। जसले त्यो उप्रदो मच्चाउँछ त्यसले केपी ओली दोषी भन्ने। त्यस घटनाप्रति म स्तब्ध भएको हुँ।’

भोलीपल्ट २४ भदौका दिनपनि अघिल्लो दिनजस्तो घटना नहोस भन्नेमा सचेत रहेको भए पनि त्यसो हुन नसकेको ओलीको दुस्खेसो छ। भोलिपल्ट आफ्नो हातमा केही नरहेको थाहा पाएपछि साढे ११ बजेतिर राजीनामा दिएको उनले बताए।

यस्तै ओलीले सरकारको विभिन्न हल्ला सुनेको र पासपोर्ट रोक्ने कुरा पनि सुनेको भन्दै आफूलाई के ठानेको भन्दै प्रश्न गरे।

‘म सुनिरहेको छु सरकार विभिन्न प्रकारको हल्ला गरिरहेको छ। पासपोर्ट रोक्ने। के ठानेको छरु’, सरकारलाई प्रश्न गरे ‘यो हाँहुको सरकारलाई देश जिम्मा लागाइदिएर हामी विदेश भाग्छौँरु के सोच्या छरु हामीले यो देश बनाउनुपर्ने छ। फेरि पनि हामीले यो देशलाई संवैधानिक लोकतान्त्रिक मुलधारमा ल्याउँछौँ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group