काठमाडौं, २३ चैत । कार्यबहाक प्रधानमन्त्रीको जिम्मेवारी रक्षामन्त्री इश्वर पोखरेलले पाउनुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले रक्षामन्त्री पोखरेललाई दैनिक प्रशासनिक कार्य गर्नका लागि नेपाको संविधान बमोजिम कार्यबहाक प्रधानमन्त्रीको जिम्मेवारी दिनुभएको हो । राष्ट्रपति कार्यालयले आज विज्ञप्ति जारी गरी यसबारे जानकारी गराएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली तीन दिने भारत भ्रमणमा गएपछि पोखरेलले कार्यबहाक प्रधानमन्त्रीको जिम्मेवारी पाउनुभएको हो ।
मन्त्रिपरिषद्मा पोखरेल दोेस्रो बरियतामा हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्