ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लुम्बिनीका १२ जिल्लामा नेकपाका उम्मेदवार को–को ? (सूचीसहित)


एबीसी न्यूज
४ माघ २०८२, आइतबार   १२ : ३१   बजे

काठमाडौं ४ माघ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले लुम्बिनी प्रदेशका अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ । तर प्रदेश राजधानी दाङका दुई निर्वाचन क्षेत्रसहित केही स्थानमा भने साविक माओवादी केन्द्र र साविक एकीकृत समाजवादीबीच सहमति नजुट्दा उम्मेदवार चयन हुन सकेको छैन ।

पूर्वी रुकुमबाट नेकपा संयोजक प्रचण्ड स्वयं उम्मेदवार बनेका छन् । दाङ क्षेत्र नम्बर ३ मा भने तत्कालीन माओवादी लडाकुका डिभिजन कमाण्डर तथा हाल लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर मास्कीको नाम टुंगो लागेको छ ।

दाङ क्षेत्र नम्बर १ मा उम्मेदवार चयनलाई लिएर तीव्र विवाद देखिएको छ । अघिल्ला दुई निर्वाचनमा विजयी मेटमणि चौधरीलाई तेस्रोपटक पनि उम्मेदवार बनाउने तयारी भइरहेका बेला पूर्वमुख्यमन्त्री **कुलप्रसाद केसी (सोनाम)**ले विरोध जनाएका छन् । साविक माओवादी नेता केसीले टिकट नपाए बागी उम्मेदवारी दिने चेतावनी दिएका छन् ।

दाङ क्षेत्र नम्बर २ मा साविक माओवादी नेता निर्मल आचार्यको नाममा छलफल भए पनि औपचारिक निर्णय भइसकेको छैन । अघिल्लो निर्वाचनमा यही क्षेत्रबाट माओवादी नेतृ रेखा शर्माले एमाले महासचिव शंकर पोखरेललाई पराजित गरेकी थिइन् । यसपटक शर्मा उम्मेदवार सिफारिसमै परेकी छैनन् ।

नेकपाले लुम्बिनी प्रदेशमा हालसम्म टुंगो लगाएका उम्मेदवारको सूची यसप्रकार छः

पश्चिम नवलपरासी
– क्षेत्र १: सिन्धु जलेसा
– क्षेत्र २: देवेन्द्र पौडेल

रुपन्देही
– क्षेत्र २: विश्वदीप पाण्डे
– क्षेत्र ३: फैयाद खान
– क्षेत्र ४: बाबुलाल यादव
– क्षेत्र ५: वकिल मुसलमान

कपिलवस्तु
– क्षेत्र १: कृष्ण कँवर
– क्षेत्र २ र ३: टुंगिन बाँकी

दाङ
– क्षेत्र १: टुंगिन बाँकी (मेटमणि चौधरी वा कुलप्रसाद केसी)
– क्षेत्र २: टुंगिन बाँकी (निर्मल आचार्यको नाममा छलफल)
– क्षेत्र ३: धनबहादुर मास्की

पूर्वी रुकुम
– प्रचण्ड

रोल्पा
– वर्षमान पुन

प्युठान
– भोजविक्रम बुढा

अर्घाखाँची
– रामबहादुर चौहान

गुल्मी
– क्षेत्र १: सुदर्शन बराल
– क्षेत्र २: बुद्धिबहादुर जीसी

पाल्पा
– क्षेत्र १: होमबहादुर सुनारी
– क्षेत्र २: सोमप्रसाद पाण्डे

बाँके
– टुंगिन बाँकी

बर्दिया
– क्षेत्र १: बामदेव गौतम
– क्षेत्र २: टुंगिन बाँकी (कविराम थारु वा लालवीर चौधरी)

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘विश्वासको कूटनीति’ कि ‘दूरीको रणनीति’? बालेन सरकारको परराष्ट्र अभ्यासमाथि एमालेको प्रश्न

वाग्मतीमा सरकार परिवर्तनको बहस तीव्र, सत्ता हस्तान्तरणका लागि मुख्यमन्त्रीलाई एमाले–नेकपाको आग्रह

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu