ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विशेष महाधिवेशनबाट निर्वाचित प्रदीप र गुरुराजलाई महामन्त्रीबाट हटाउन माग गर्दै आयोगमा उजुरी


एबीसी न्यूज
४ माघ २०८२, आइतबार   ४ : ३५   बजे

काठमाडौं, ४ माघ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित भएका महामन्त्रीद्वयको पद खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन परेको छ ।दाङको बबई गाउँपालिका– ७ घर भएका राजकुमार डाँगीले कांग्रेसका महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेको माग खारेज गर्न माग गरेका हुन् ।

‘‘नेपाली कांग्रेसको विधानको धारा ५९ बमोजिम विधान उल्लंघन गरिएको उक्त धाराअनुसार निर्वाचित भएका व्यक्तिको पद खारेज गरी पाउँ,’ उनले निवेदनमा भनेका छन्, ‘नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित भएका व्यक्तिहरू क्रमश प्रदीप पौडेल र गुरुराज घिमिरे यसभन्दा अघिको १४औं महाधिवेशनमा क्रमश महामन्त्री र कोशी प्रदेश सभापतिमा पराजित भएको हुँदा दुवै जना व्यक्ति १५औं महाधिवेशनभन्दा अगावै विशेष महाधिवेशनमा उम्मेदवारी दिन नपाउने व्यवस्था नेपाली कांग्रेसको विधानमा स्पष्ट भएको ।’उक्त निवेदनमा पार्टीको निर्धारित व्यवस्थाको उल्लंघन भएकोले दुवैको पद खारेज गर्न माग गरिएको छ ।

त्यस्तै विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कांग्रेसलाई निर्वाचन आयोगले समेत आधिकारिकता प्रदान गरिसकेको छ । कांग्रेसकै निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पनि आधिकारिकता दिने निर्णय बदर गर्न मागसहित सर्वोच्च अदालतमा रिट दायर गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘विश्वासको कूटनीति’ कि ‘दूरीको रणनीति’? बालेन सरकारको परराष्ट्र अभ्यासमाथि एमालेको प्रश्न

वाग्मतीमा सरकार परिवर्तनको बहस तीव्र, सत्ता हस्तान्तरणका लागि मुख्यमन्त्रीलाई एमाले–नेकपाको आग्रह

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu