ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धरानमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु, दुई दर्जन बढी घाइते


एबीसी न्यूज
४ माघ २०८२, आइतबार   ५ : ५७   बजे

काठमाडौं, ४ माघ । धनकुटाबाट धरानतर्फ आउँदै गरेको यात्रुबाहक बस धरानको जिरो पोइन्टमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। दुर्घटनामा परी दुई दर्जनभन्दा बढी यात्रु घाइते भएका छन्। दुर्घटनामा ३ पुरुष र २ महिलाको ज्यान गएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषणबाबू राईले जानकारी दिए।

को १ ख ७११९ नम्बरको उक्त बस अचानक ब्रेक फेल भई अनियन्त्रित भएपछि सडक छेउमा हिँडिरहेका पैदल यात्रुलाई ठक्कर दिएको र त्यसपछि सडक किनारमा पल्टिएको डीएसपी राईले जानकारी दिए। उनका अनुसार तीव्र गतिमा रहेको बसले पैदल यात्रुलाई ठक्कर दिँदा घटनास्थलमै केहीको मृत्यु भएको हो र बसमा सवार सबै यात्रु घाइते भएको बताए।दुर्घटनामा परेर घाइते भएका यात्रुहरूलाई तत्काल उद्धार गरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि भर्ना गरिएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ। हालसम्म मृतकहरूको पहिचान खुल्न सकेको छैन।

प्रहरीका अनुसार शवहरू पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाउने तयारी प्रहरीले गरेको छ। दुर्घटनापछि घटनास्थलमा स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा उद्धार कार्य गरिएको थियो।प्रहरीले बस दुर्घटनाको विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ। प्रारम्भिक अनुसन्धानमा ब्रेक फेल भएको देखिए पनि बसको यान्त्रिक अवस्था, चालकको भूमिका र अन्य सम्भावित कारणबारे थप छानबिन भइरहेको डीएसपी राईले बताए। दुर्घटनाले केही समय धरान–धनकुटा सडक खण्डमा सवारी आवागमन प्रभावित भएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रपति पौडेलद्वारा चाँगुनारायण कलशमा छायाँ दर्शन

रास्वपामा रविको भूमिका थप सक्रिय, संगठन सुदृढ गर्न मधेस जाँदै

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu