ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौं क्षेत्र नं ५ मा नेकपाबाट कल्पना शर्मा


एबीसी न्यूज
५ माघ २०८२, सोमबार   ७ : ४०   बजे


काठमाडौं माघ ५

नेपाली कम्युनिष्ट पार्टी नेकपाले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नं। ५ बाट कल्पना शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

नेकपाका सहसंयोजक माधवकुमार नेपालले सोमबार शर्मालाई औपचारिक रूपमा टिकट हस्तान्तरण गरेका छन् ।

पार्टीभित्र जुझारु, संगठनात्मक क्षमता भएकी र समुदायसँग नजिकबाट काम गर्दै आएकी नेतृका रूपमा परिचित शर्मा नेकपाको केन्द्रीय सदस्य हुन् । उनी साविकको नेकपा माओवादी केन्द्रको रसुवा जिल्ला इन्चार्जका रूपमा कार्यरत रहँदा संगठन विस्तार, जनसम्पर्क र पार्टी सुदृढीकरणमा उल्लेखनीय भूमिका खेलेकी नेतृका रूपमा चिनिन्छिन् ।

युवा पुस्तासँगै महिला, श्रमिक र सीमान्तकृत समुदायसँग सहज रूपमा घुलमिल हुन सक्ने क्षमता भएकी शर्माले यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा टोखा नगरपालिकाको मेयर पदमा प्रतिस्पर्धा गरेकी थिइन् । सो निर्वाचनमा उनले सशक्त उम्मेदवारी प्रस्तुत गर्दै स्थानीय स्तरमा राम्रो जनसमर्थन हासिल गरेकी थिइन् ।

नेकपाले काठमाडौं क्षेत्र नं। ५ मा परिवर्तन, समावेशिता र विकासलाई केन्द्रमा राखेर चुनावी अभियान अघि बढाउने तयारी गरेको जनाएको छ । शर्माको उम्मेदवारीले महिला नेतृत्वलाई थप सशक्त बनाउने र काठमाडौंमा पार्टीको आधार बलियो बनाउने अपेक्षा गरिएको छ ।

टिकट ग्रहणपछि प्रतिक्रिया दिँदै शर्माले काठमाडौं क्षेत्र नं। ५ का मतदातासँग नजिक रहेर काम गर्ने र जनताको आवाज संसदमा प्रभावकारी रूपमा उठाउने बताइन् । पार्टीको विश्वासप्रति आभार व्यक्त गर्दै जनताको समस्या, सुशासन, रोजगारी र समावेशी विकासलाई आफ्नो मुख्य एजेन्डा बनाउने प्रतिबद्धता व्यक्त गरिन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘विश्वासको कूटनीति’ कि ‘दूरीको रणनीति’? बालेन सरकारको परराष्ट्र अभ्यासमाथि एमालेको प्रश्न

वाग्मतीमा सरकार परिवर्तनको बहस तीव्र, सत्ता हस्तान्तरणका लागि मुख्यमन्त्रीलाई एमाले–नेकपाको आग्रह

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu