ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्डले हरिबोल गजुरेलसहितलाई काठमाडौं बोलाए, अडानबाट नहट्ने गजुरेलको चेतावनी


एबीसी न्यूज
८ माघ २०८२, बिहिबार   ३ : ४८   बजे

काठमाडौं, ८, माघ – सिन्धुली निर्वाचन क्षेत्र नं. २ मा नेकपा (माओवादी केन्द्र) को आधिकारिक उम्मेदवार लेखनाथ दाहाल (राजन) विरुद्ध बागी उम्मेदवारी दिएका महेश्वर दाहालका प्रस्तावक तथा नेकपाका नेता हरिबोल गजुरेलसहितलाई पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छलफलका लागि काठमाडौं बोलाएका छन्।

सिन्धुली–२ को टिकट विवाद सल्टाउन प्रचण्डले गजुरेल, बागी उम्मेदवार महेश्वर दाहाल, जिल्ला पार्टी संयोजक पानीराज बम्जन र जिल्ला इन्चार्ज वसन्त माझीलाई काठमाडौं बोलाएको हो।

“प्रचण्डले बोलाउनुभएको छ, हामी अहिले बाटोमा आउँदै छौं,” गजुरेलले कुरा गर्दै भने। “थप कुरा त्यहाँ पुगेपछि मात्र थाहा हुन्छ। तर हामी आफ्नो अडानबाट पछि हट्दैनौं।”

गजुरेलले थपे, “अगाडि चट्टान छ, पछाडि भीर छ। त्यहाँबाट खस्ने कुरा भएन। चट्टान फोडेरै भए पनि अगाडि बढ्ने हो। संयोजकलाई त्यही कुरा राख्छौं।”

सिन्धुली–२ मा नेकपाले लेखनाथ दाहाललाई आधिकारिक उम्मेदवार बनाए पनि महेश्वर दाहालले बागी उम्मेदवारी दिएका छन्। महेश्वर दाहाललाई हरिबोल गजुरेल, पानीराज बम्जन र वसन्त माझीले प्रस्तावक तथा समर्थकको भूमिका निर्वाह गरेका छन्। यो बागी उम्मेदवारीले पार्टीभित्र तनाव सिर्जना गरेको छ।

प्रचण्डले यस विवादलाई मिलाउनका लागि छलफल बोलाए पनि गजुरेल पक्षले आफ्नो अडान कायम राख्ने बताएको छ। गजुरेलले भने, “हामीले जनताको भावना र स्थानीय आवश्यकतालाई ध्यानमा राखेर यो कदम चालेका हौं। पार्टीले बुझ्नुपर्छ।”

सिन्धुली–२ मा नेकपाको आधिकारिक उम्मेदवार लेखनाथ दाहाल र बागी महेश्वर दाहालबीचको प्रतिस्पर्धाले क्षेत्रमा रोचक मोड लिने देखिएको छ। अन्य दलहरूबाट पनि उम्मेदवारहरू मैदानमा छन्, जसले निर्वाचनलाई थप प्रतिस्पर्धात्मक बनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाल फेरि पनि एफएटीएफको ग्रे लिस्टबाट बाहिर निस्किन असफल

न्यूजिल्यान्डलाई हराउँदै इजिप्ट समूह ‘जी’ को शीर्ष स्थानमा

सम्बन्धित

अर्जेन्टिनाको पोजेसन खेल र अस्ट्रियाको काउन्टर अट्याक आमनेसामने

नेपाल फेरि पनि एफएटीएफको ग्रे लिस्टबाट बाहिर निस्किन असफल

न्यूजिल्यान्डलाई हराउँदै इजिप्ट समूह ‘जी’ को शीर्ष स्थानमा

भारतमा आजदेखि ब्रिक्स राष्ट्रिय सुरक्षा सल्लाहकारको बैठक शुरू

विश्वकप–२०२६ : उत्कृष्ट पुनरागमन गर्दै इजिप्ट ३–१ ले अगाडि

रास्वपालाई थप समावेशी बनाइँदै, चुनावी कार्यतालिका संशोधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group