ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय सभा सदस्यको चुनाव आज: बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान


एबीसी न्यूज
११ माघ २०८२, आइतबार   ८ : ३९   बजे

काठमाडौं, ११ माघ । राष्ट्रिय सभा सदस्यको चुनाव आज हुँदैछ । बिहान ९ बजेदेखि मतदान शुरु हुने निर्वाचन आयोगले जनाएको छ । मतदान दिउँसो तीन बजेसम्म हुनेछ ।

राष्ट्रिय सभाका १९ जना सदस्यको कार्यकाल आउँदो फागुन २० मा सकिँदैछ ।उनीहरूमध्ये राष्ट्रपतिबाट मनोनित हुने एक बाहेक १८ पदमा चुनाव हुन लागेको हो । १८ मध्ये कोशी प्रदेशबाट नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भैसकेकाले आज १७ पदका लागि चुनाव हुँदैछ ।

सातवटै प्रदेशका मतदान केन्द्रमा मतदान हुनेछ । यसका लागि तयारी पूरा भएको छ ।कोशी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर विराटनगर मोरङ, मधेस प्रदेशको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र जनकपुर उपमहानगरपालिका–४ धनुषा, बागमती प्रदेशको भुटनदेवी माध्यमिक विद्यालय हेटौँडा उपमहानगरपालिका–४ मकवानपुरमा मतदान केन्द्र निर्धारण गरिएको छ ।त्यसैगरी, गण्डकी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर पोखरा कास्की, लुम्बिनी प्रदेशको कर्मचारी मिलन केन्द्र घोराही दाङ, कर्णाली प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर वीरेन्द्रनगर सुर्खेत र सुदूरपश्चिम प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर धनगढी कैलालीमा मतदान हुनेछ ।राष्ट्रिय सभा सदस्यको चुनावमा प्रदेश सभा सदस्य र पालिकाका मेयर, उपमेयर तथा अध्यक्ष र उपाध्यक्ष मतदाता हुन्छन् । केही प्रदेश सभा सदस्य र पालिकाका मेयर, उपमेयर तथा अध्यक्ष र उपाध्यक्षले राजीनामा दिई आउँदो फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्य चुनावमा उम्मेदवारी दर्ता गरेकाले मतदाता नामावलीबाट उनीहरूको नाम हटाएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार १८ पदका लागि ४४ जनाले उम्मेदवारी दिएका छन् । चुनावमा भागबन्डा गरेर नेपाली कांग्रेसले ९ र एमालेले ८ सिटमा उम्मेदवारी दिएका छन् । बाँकी एउटा पदमा कांग्रेस र एमालेले लोसपाका महन्थ ठाकुरलाई समर्थन गरेका छन् ।भागबन्डा नमिलेपछि नेकपाले एकल उम्मेदवारी दिएको छ । कोशी प्रदेशबाट ३ जना, मधेश प्रदेशबाट ४ जना, बागमती र गण्डकी प्रदेशबाट २–२ जना, लुम्बिनी प्रदेशबाट ३ जना, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट २–२ जना राष्ट्रिय सभा सदस्य निर्वाचित हुँदैछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group