ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मधेश प्रदेशसभाका १०० मध्ये ९९ जना सदस्यले मतदान गरे


एबीसी न्यूज
११ माघ २०८२, आइतबार   ४ : २६   बजे

काठमाडौं, ११ माघ । राष्ट्रिय सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत मधेश प्रदेशसभाका १०० मध्ये ९९ जना सदस्यले मतदान गरेका छन् । मधेशको २ सय ६४ पालिका प्रतिनिधिमध्ये २४२ पालिका प्रतिनिधि मेयर–उपमेयर र अध्यक्ष–उपाध्यक्ष ले मतदान गरेका हुन् ।बिहान १० बजेदेखि सुरु भएको मतदान ३ बजे सम्म चलेको थियो । निर्वाचन अधिकृत शुभाषबाबु पुरीका मतदान सम्पन्न भएर मतगणनाको तयारी गरिएको छ ।

मधेस प्रदेशमा चार समूहको चार सिटका लागि मतदान भएको छ । मधेस प्रदेशमा चार सिटका लागि ११ जना उम्मेदवार रहेकोमा तीनजनालाई जनता समाजवादी पार्टी (जसपा) नेपालले निस्क्रिय पारेको हो । नेपाली कम्युनिष्ट पार्टीले एक्लै सबै सिटमा उम्मेदवारी दर्ता गराएको छ भने नेकपा एमाले, नेपाली कांग्रेस र जसपा नेपालले गठबन्धन गरेर उम्मेदवार खडा गरेको हो ।

जनमत पार्टीले आफ्नो उम्मेदवार खडा गरेको छैन। मधेस प्रदेशमा अन्य, महिला, दलित र अपांगता,अल्पसंख्यक समूहमा निर्वाचन भएको हो।अन्य समूहमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका महन्थ ठाकुर र नेकपाका लक्ष्मण पौडेल उम्मेदवार हुनुहुन्छ। उम्मेदवारी अघि लोसपा र जसपा नेपालबीच एकता गर्ने निर्णय भएकोमा हाल दुबै पार्टीबीच एकता भइसकेको छ । यस्तै,महिला समूहमा जसपा नेपालकी चन्द्रकला देवी साह,नेकपा एमालेकी रेखा कुमारी झा र नेकपाकी शमी कुमारी अग्रवाल उम्मेदवार रहेका छन्। दलित समूहमा जसपा नेपालकी चमेली देवी दास,नेपाली कांग्रेसका धर्मेन्द्र पासवान र नेकपाका शम्भु पासवान हजारी उम्मेदवार हुनुहुन्छ। अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय समूहमा नेकपाका रामनन्दन प्रसाद, नेपाली कांग्रेसका रञ्जित कर्ण र जसपा नेपालका शैलेश कुमार चौधरी उम्मेदवार हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group