ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रवि लामिछानेविरुद्ध मुद्दा दायरपछि भेटिएका थप प्रमाण झिकाउन सर्वोच्चको आदेश


एबीसी न्यूज
११ माघ २०८२, आइतबार   ७ : ०८   बजे


काठान्डौ माघ ११

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी प्रकरणमा मुद्दा दर्ता भएपछि फेला परेका थप प्रमाण झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ।

आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासले महान्यायाधिवक्ताको कार्यालयबाट मुद्दासँग सम्बन्धित थप सक्कल प्रमाण कागजात झिकाउन आदेश दिएको हो। उक्त आदेशसँगै अब ती प्रमाणको आधारमा अन्तरिम आदेश दिने वा नदिने भन्ने विषयमा सर्वोच्चले निर्णय गर्नेछ।

सर्वोच्च अदालतको आदेशमा भनिएको छ,
‘अभियोगपत्र संशोधन सम्बन्धमा फेला परेका थप सक्कल प्रमाण कागजातहरू महान्यायाधिवक्ताको कार्यालयबाट झिकाई आएपश्चात् नियमानुसार अन्तरिम आदेश छलफलका लागि पेश गर्नुहोला।’

यसअघि महान्यायाधिवक्ताको कार्यालयले रवि लामिछानेविरुद्ध दायर गरिएको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिने निर्णय गरेको थियो। उक्त निर्णयविरुद्ध युवराज सफल, दिनेश त्रिपाठी र आभास रेग्मीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए।

रिटमाथि भएको सुनुवाइका क्रममा महान्यायाधिवक्ता सविता भण्डारीले अदालतलाई जानकारी दिँदै रवि लामिछानेविरुद्ध मुद्दा दायर भइसकेपछि थप प्रमाणहरू फेला परेको बताएकी थिइन्। ती नयाँ प्रमाणका आधारमा अभियोगपत्र संशोधन गरिएको भन्दै उनले मुद्दा फिर्ता लिने निर्णय उचित भएको जिकिर गरेकी थिइन्।

महान्यायाधिवक्ताको यही दाबीलाई आधार मानेर सर्वोच्च अदालतले थप प्रमाणहरू के–कस्ता छन् भन्ने कुरा आधिकारिक रूपमा हेर्न आवश्यक ठानेको हो। त्यसैअनुसार अदालतले महान्यायाधिवक्ताको कार्यालयबाट सबै सम्बन्धित सक्कल कागजात झिकाउन आदेश दिएको हो।

अब ती प्रमाणसहितका कागजात सर्वोच्च अदालतमा पेस भएपछि मात्रै अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा अदालतले निर्णय गर्नेछ। यस आदेशसँगै सहकारी ठगी प्रकरण र रवि लामिछानेविरुद्धको कानुनी प्रक्रिया थप चासो र बहसको विषय बनेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group