ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवनमा कुन दल कति बलियो ? संगठित सदस्य र समानुपातिक मतको हिसाब यस्तो छ


एबीसी न्यूज
१३ माघ २०८२, मंगलबार   ८ : १६   बजे

चितवन । देशभर चुनावी चासोको केन्द्र बनेको चितवन आगामी प्रतिनिधिसभा निर्वाचनमा पनि विशेष महत्वको जिल्ला मानिन्छ । विशेषतः नयाँ दलका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २०७९ को निर्वाचनमार्फत बलियो उपस्थिति देखाएपछि चितवनलाई उसका प्रमुख आधार क्षेत्रका रूपमा हेरिँदै आएको छ ।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा चितवनका तीनवटै निर्वाचन क्षेत्रमा चुनावी सरगर्मी बढेको छ । उम्मेदवारी मनोनयनले पनि यहाँ राष्ट्रिय मान्यता प्राप्त र नपाएका सबै दल सक्रिय रहेको देखाएको छ । दलहरूले आफूलाई बलियो दाबी गरिरहेका बेला संगठित सदस्य र अघिल्लो निर्वाचनको समानुपातिक मत परिणामले उनीहरूको वास्तविक हैसियत कस्तो देखाउँछ भन्ने चासो बढेको छ ।

कांग्रेससँग सबैभन्दा धेरै संगठित सदस्य

दलहरूले दाबी गरेका संगठित सदस्य संख्याअनुसार चितवनमा सबैभन्दा ठूलो संगठन नेपाली कांग्रेसको देखिन्छ । कांग्रेस जिल्ला सभापति राजेश्वर खनालका अनुसार चितवनमा कांग्रेसका २८ हजार क्रियाशील सदस्य छन् । तीमध्ये सबैभन्दा धेरै सदस्य निर्वाचन क्षेत्र नम्बर ३ मा रहेका छन् ।

संगठित सदस्यमा नेकपा दोस्रो

संगठित सदस्य संख्याका आधारमा दोस्रो स्थानमा नेकपा देखिन्छ । पार्टीका जिल्ला संयोजक रामचन्द्र अधिकारीका अनुसार चितवनमा नेकपाका २४ हजार संगठित सदस्य छन् । तीमध्ये १६ हजार सदस्य निर्वाचन क्षेत्र नम्बर ३ मा रहेको दाबी गरिएको छ । २०७९ को संसदीय निर्वाचनमा यस क्षेत्रबाट तत्कालीन नेकपा माओवादीले १६ हजार ९० मत प्राप्त गरेको थियो, जुन हाल दाबी गरिएको सदस्य संख्याको नजिक देखिन्छ ।

एमाले तेस्रो, क्षेत्रगत असन्तुलन

संगठित सदस्य संख्यामा तेस्रो स्थानमा नेकपा एमाले छ । एमाले जिल्ला सचिव प्रकाश ढुङ्गानाका अनुसार पार्टीका करिब २० हजार संगठित सदस्य छन् । एमालेको संगठन निर्वाचन क्षेत्र नम्बर १ मा बलियो मानिन्छ भने क्षेत्र नम्बर ३ मा तुलनात्मक रूपमा कमजोर रहेको पार्टीकै विवरणले देखाउँछ ।

रास्वपाको दाबी: १९ हजार ५ सय सदस्य

राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनमा करिब १९ हजार ५ सय सदस्य रहेको दाबी गरेको छ । पार्टीका जिल्ला सभापति कृष्णप्रसाद भुसालका अनुसार २०७९ को निर्वाचनमा अन्य दलका सदस्यसमेत समेट्दै भोट मागेको रास्वपाले हाल ९८ मध्ये ९२ वटा वडामा संगठन विस्तार गरिसकेको छ । संगठन विस्तारकै क्रममा रहेकाले क्षेत्रगत सदस्य विवरण सार्वजनिक नगरिएको उनले बताए ।

राप्रपा र अन्य दल

चितवन क्षेत्र नम्बर ३ मा २०७९ मा प्रत्यक्षतर्फ जीत हासिल गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को चितवनमा करिब ४ हजार सक्रिय सदस्य रहेको पार्टीका जिल्ला अध्यक्ष रुद्र ढकाल बताउँछन् ।
त्यसैगरी २०७९ को निर्वाचनमा एमालेबाट छुट्टिएको एकीकृत समाजवादीको संगठन अहिले नेकपामा एकीकृत भइसकेको छ ।

समानुपातिक मतले देखाएको फरक तस्वीर

२०७९ को निर्वाचनको समानुपातिक मत परिणाम हेर्दा संगठित सदस्य संख्याको दाबी र वास्तविक मत परिणामबीच फरक देखिन्छ । तीनवटै निर्वाचन क्षेत्र जोड्दा नेपाली कांग्रेसले ३९ हजार ३ सय ५१ समानुपातिक मत प्राप्त गरेको थियो । क्षेत्रगत रूपमा कांग्रेसले क्षेत्र नम्बर १ मा १६ हजार ६ सय ९५, क्षेत्र नम्बर २ मा १२ हजार १ सय ३२ र क्षेत्र नम्बर ३ मा १० हजार ५ सय २४ मत पाएको थियो ।

संगठित सदस्यमा दोस्रो रहेको नेकपाले भने समानुपातिक मतमा चौथो स्थान पाएको थियो । तत्कालीन माओवादीको समानुपातिक मत २९ हजार ४ सय ६९ थियो । यसमा २०७९ मा नेकपा एसले पाएको ९ हजार २ सय १९ मत जोड्दा कुल ३८ हजार ६ सय ८८ मत हुन आउँछ, जुन कांग्रेस र एमालेभन्दा कम हो ।

संगठित सदस्यमा तेस्रो स्थानमा रहेको एमालेले भने समानुपातिक मतमा उल्लेखनीय सफलता हासिल गरेको थियो । तीनवटै क्षेत्रबाट एमालेले ५५ हजार २ सय २३ मत प्राप्त गर्दै दोस्रो स्थानमा उक्लिएको थियो, यद्यपि प्रत्यक्षतर्फ पार्टीका वरिष्ठ नेता सुरेन्द्र पाण्डे उम्मेदवार बनेको क्षेत्र नम्बर १ मै पराजय बेहोर्नुपरेको थियो ।

रास्वपा समानुपातिकमा पहिलो

२०७९ को निर्वाचनमा संगठन विस्तार नगरी चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी चितवनमा समानुपातिक मततर्फ पहिलो दल बनेको थियो । क्षेत्र नम्बर १ र २ मा प्रत्यक्ष जीत हासिल गरेको रास्वपाले कुल ९९ हजार ३८ समानुपातिक मत प्राप्त गरेको थियो ।

त्यसैगरी राप्रपाले चितवनबाट २५ हजार ९ सय ५५ समानुपातिक मत प्राप्त गर्दै पाँचौँ स्थान हासिल गरेको थियो । क्षेत्र नम्बर ३ बाट मात्रै उसले १६ हजार ७ सय ५५ मत ल्याएको थियो ।

बढ्दो मतदाता संख्या

हाल चितवनमा कुल मतदाता संख्या ४ लाख ४२ हजार ८२ पुगेको छ । यो संख्या २०७९ को निर्वाचनको तुलनामा ३३ हजार ७ सय ४० ले बढेको हो । बढ्दो मतदाता संख्या र दलहरूको संगठनात्मक दाबीबीच चितवनको चुनावी प्रतिस्पर्धा यसपटक पनि चासोको केन्द्रमा रहने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘विश्वासको कूटनीति’ कि ‘दूरीको रणनीति’? बालेन सरकारको परराष्ट्र अभ्यासमाथि एमालेको प्रश्न

वाग्मतीमा सरकार परिवर्तनको बहस तीव्र, सत्ता हस्तान्तरणका लागि मुख्यमन्त्रीलाई एमाले–नेकपाको आग्रह

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu