काठमाडौं, २३ चैत । सरकारले शुक्रबार ३० जना सचिवको सरुवा गरेको छ । प्रेमकुमार राईलाई गृह मन्त्रालयमा, राजन खनाललाई अर्थ मन्त्रालय, शंकरप्रसाद अधिकारीलाई उपराष्ट्रपतिको कार्यालय, महेन्द्रमान गुरुङलाई सञ्चार मन्त्रालय सरुवा गरिएको छ । त्यस्तै लालशंकर घिमिरे प्रधानमन्त्रीको कार्यालय, मोहनकृष्ण सापकोटा युवा तथा खेलकुद, महेश्वर न्यौपाने अख्तियार दुरुपयोग अनुसन्धान आयोग, देवेन्द्र कार्की नेपाल ट्रस्टको कार्यालयमा पुग्नु भएको छ ।
यसै गरी अर्जुनकुमार कार्की राष्ट्रिय पुननिर्माण प्राधिकरण, खगराज बराल शिक्षा मन्त्रालय, मधुप्रसाद रेग्मी सार्वजनिक खरिद अनुगमनको कार्यालय, महेश दाहाल श्रम तथा रोजगार, लक्ष्मणप्रसाद मैनाली प्रधानमन्त्रीको कार्यालयमा सरुवा हुनुभएको छ ।
यसैगरी मधुसूदन अधिकारी भौतिक योजना मन्त्रालय, युवकध्वज जिसी कृषि, विश्वनाथ ओली वन, कृष्णराज बिसी खानेपानी, गजेन्द्रकुमार ठाकुर शिक्षा तथा विज्ञान प्रविधि, सञ्जय शर्मा ऊर्जा तथा सिँचाइ, विष्णुप्रसाद लम्साल रक्षा मन्त्रालयमा सरुवा हुनुभएको छ ।
यस्तै अनिल ठाकुरको राष्ट्रिय महिला आयोग, शरदचन्द्र पौडेलको राष्ट्रिय योजना आयोग, विनोद केसीको राष्ट्रपति कार्यालय, भूपेन्द्रप्रसाद पौडेलको सूचना आयोग, यादवप्रसाद कोइरालाको काठमाडौं महानगरपालिकामा सरुवा भएको छ ।
सरकारले अर्थ, ऊर्जा, जलस्रोत तथा सिँचाइ, शिक्षा, विज्ञान तथा प्रविधि र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा दुईजना सचिव राख्ने निर्णय पनि गरेको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा भने तीन जना सचिवको दरबन्दी कायम गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्