ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नक्सामा समेटेको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा यो वर्ष पनि मतदानको अवसर नपुग्ने


एबीसी न्यूज
१७ माघ २०८२, शनिबार   ४ : ०४   बजे

काठमाडौं, १७ माघ । नेपालले झन्डै ५ वर्ष अघि देशको नक्सामा अद्यावधिक गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रका बासिन्दा आउँदो फागुन २१ गतेको चुनावमा पनि नसमेटिने भएका छन् । नेपालले २०७७ सालमा सार्वजनिक गरेको नयाँ नक्सामा कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटिएको भए पनि त्यहाँका बासिन्दाले अझै मतदानमा सहभागी हुन सकेका छैनन् ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार नक्सामा थपिएका बस्तीका बासिन्दाले नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र र मतदाता परिचयपत्र बनाएका छैनन् । यी कागजात बिना मतदानमा सहभागी हुन पाइँदैन । भारतीय नियन्त्रणमा रहेको यो क्षेत्रका बासिन्दाले भारतीय नागरिकता र रासन कार्ड लिएका पाइएको ब्यास गाउँपालिकाले जनाएको छ ।

भारतीय सेनाको प्रत्यक्ष निगरानीमा रहेको त्यस क्षेत्रमा नेपालीहरू सजिलै आवातजावात गर्न पाउँदैनन् । निर्वाचन आयोगले कालापानी क्षेत्रका नजिक पर्ने छाङ्गरू र टिङ्करमा दुई वटा मतदान केन्द्र तोकेको थियो तर ती क्षेत्रका बासिन्दा जाडो यामम जिल्ला सदरमुकाम खलङ्गामा बस्ने भएकाले अस्थायी मतदान केन्द्र पनि खलङ्गामै सारिएको छ ।

नेपालले सन् १८१६ को सुगौली सन्धिका आधारमा महाकाली नदीको पूर्वी भागमा पर्ने यी क्षेत्र नेपालको भू–भाग रहेको दाबी गर्दै आएको छ । सन् १९६० मा भएको भारत–चीन युद्धपछि यो क्षेत्रमा भारतीय सेनाको उपस्थिति रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

न्यायमाआस्था बढाउन बेञ्चमा बस्नेकै जिम्मेवारी : प्रधानन्यायाधीश

सुकुम्वासीसम्बन्धी प्रस्तावमाथि मंगलबार प्रतिनिधिसभामा छलफल

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu