ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश नं ४ मा खानेपानी समस्यादेखि जलवायु परिवर्तनको चिन्ता


एबीसी न्यूज
२४ चैत्र २०७४, शनिबार   ९ : ०१   बजे

पोखरा, २४ चैत ।  प्रदेश नं ४ को शुक्रबार बसेको प्रदेशसभा बैठकमा शून्य समय र विशेष समयमा बोल्ने सदस्यले जनताले भोग्ने गरेका खानेपानीका समस्यादेखि जलवायु परिवर्तनका समस्यालगायतमा आआफ्ना धारणा राखेका छन् ।

बाग्लुङका प्रदेशसभा सदस्य पियारी थापाले जनता बरेङ गाउँपालिका वडा नं ५ बाग्लुङमा खानेपानी लिनका लागि दुई तीन घण्टासम्म बोकेर ल्याउन बाध्य भएकाले समस्या समाधानका लागि सरकारको ध्यानकर्षण गराउनुभयो । कास्कीकी पुष्पा केसीले महिला हिंसा रोकथामका साथै हिंसापीडित महिलाई पुनःस्थापना गरिनुपर्नेमा जोड दिँदै महिला सरकारी कर्मचारीलाई ९८ र शिक्षिकालाई ६० दिन प्रसूति विदा दिने गरी गरिएको विभेद अन्त्य गर्न र ठाउँ ठाउँमा शिशु स्याहार केन्द्र स्थापना गर्नुपर्ने बताउनुभयो ।

कास्कीकै विन्दुकुमार थापाले पोखरा लेखनाथ महानगरपालिका नाममा रहेको वडा नं ३३ स्थित पशुपतिघाटस्थित दुई सय रोपनी जग्गामा क्रिकेट रङ्गशाला बनाउन पहल गर्नुपर्ने बताउनुभयो ।

मुस्ताङका महेन्द्रबहादुर थकालीले जलवायु परिवर्तनलाई दृष्टिगत गरी सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि कोष स्थापना गरिनुपर्ने बताउनुभयो । लमजुङका मायानाथ अधिकारीले लमजुङमा रुदी खोलालगायत पुल निर्माणमा भएको ढिलासुस्ती र भ्रष्टाचार नियन्त्रण गर्न आवश्यक भएको उल्लेख गर्नुभयो ।

गोरखकाली रबर उद्योग खुलाउन माग 

विशेष समयमा सदस्य धनञ्जय दवाडीले विद्युत् वितरण प्रणाली प्रभावकारी बन्न नसक्दा समस्या परेको बताउनुभयो । सदस्य कृष्णचन्द्र नेपालीले सामाजिक परिचालिकाका सम्बन्धमा देखिएका समस्या समाधानमा पहल गर्नुपर्ने धारणा राख्नुभयो । म्याग्दीका विनोदकुमार केसीले नमिल्दो भूगोल विभाजन लगायतका कारणबाट हिजो पाएका सेवा सुविधा पनि नपाउने अवस्था आएको बताउनुभयो ।
बाग्लुङका टेकबहादुर घर्तीले ढोरपाटन शिकार आरक्षमा उठ्ने राजस्व स्थानीय एवम् प्रदेश तहमा आउनुपर्ने धारणा राख्नुभयो । गोरखाका हरिशरण आचार्यले बन्द गोरखकाली रबर उद्योग खुलाउन ध्यानाकर्षण गराउनुभयो ।नवलपुरका सदस्य रोशनबहादुर गाहा थापाले नवलपुर जिल्ला कायम गरी सदरमुकाम कावासोती तय गरिनुपर्ने धारणा राख्नुभयो ।

तनहुँका दोबाटे विश्वकर्माले व्यास – १० मा रहेको एक हजार ५०० रोपनी सार्वजनिक जग्गालाई औद्योगिक क्षेत्रका रुपमा विकास गर्न माग गर्नुभयो । कास्कीका मनबहादुर गुरुङले धारामा पानी नआउने जस्ता समस्याप्रति ध्यानकर्षण गराउनुभयो ।मनाङका चिन्तबहादुर घलेले जलस्रोत एवम् जडिबुटीको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसको प्रस्ताव : पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा संविधान संशोधन आयोग गठन गरौँ

एसी बिग्रिँदा विमानभित्र यात्रुको बेहाल, कोही बेहोस त कोहीले कपडा फुकाले

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कांग्रेसको प्रस्ताव : पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा संविधान संशोधन आयोग गठन गरौँ

एसी बिग्रिँदा विमानभित्र यात्रुको बेहाल, कोही बेहोस त कोहीले कपडा फुकाले

EU Ambassador Lorenzo Concludes Nepal Visit with Discussions on Cooperation

Nepal Launches Strategy to Protect Private Investment and Promote Economic Growth

एमालेले किरण थापालाई मुख्यमन्त्री बनाउने, जेएन थपलिया संसदीय दलमै कायम

भारतीय स्थल सेनाध्यक्ष सेठद्वारा सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu