ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाबाट बोलाएर रास्वपाले धोका दियो भन्दै श्री कुँवरद्वारा पार्टी परित्याग


एबीसी न्यूज
२२ माघ २०८२, बिहिबार   ६ : २३   बजे

बुटवल, २२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिसमा परेका श्री कुँवरले पार्टीले आफूलाई धोका दिएको आरोप लगाउँदै रास्वपा परित्यागको घोषणा गरेका छन्।

कुँवर रूपन्देही क्षेत्र नम्बर १ बाट उम्मेदवार सिफारिस भएका थिए। रास्वपाले सो क्षेत्रका लागि कुँवरसहित ६ जनाको नाम उम्मेदवारका रूपमा सिफारिस गरेको थियो।

रास्वपा स्थापनाकालदेखि नै अमेरिकामा बसेर पार्टीलाई सहयोग गर्दै आएको दाबी गरेका कुँवरले स्थानीय नेताहरूको आग्रहमा नेपाल आए पनि अन्ततः उम्मेदवार छनोट प्रक्रियामा धोका दिएको बताए।

रास्वपा सभापति रवि लामिछानेलाई सम्बोधन गर्दै लेखिएको राजीनामा पत्रमा कुँवरले पार्टीले अंगीकार गरेको प्राइमरी इलेक्सन प्रक्रिया लागू नगरी उम्मेदवार चयन गरेपछि पार्टी छाड्ने निर्णय गरेको उल्लेख गरेका छन्।

उनका अनुसार प्राइमरी इलेक्सन नगरी सो क्षेत्रमा बालेन साहको कोटाबाट उनका सल्लाहकार सुनिल लम्साललाई उम्मेदवार बनाइएपछि उनी असन्तुष्ट बनेका हुन्।

“म अमेरिकामा सेटल भएर बसिरहेको थिएँ। रास्वपाका क्षेत्रीय सभापति मोहनविक्रम जिसी र नेता प्रेम खत्री लगायतले नेपाल आएर उम्मेदवार बन्न आग्रह गरेपछि म यहाँ आएर प्राइमरी इलेक्सन प्रक्रियामा सहभागी भएँ। तर अन्ततः पार्टीले प्राइमरी इलेक्सन नै नगरी उम्मेदवार चयन गर्‍यो,” कुँवरले बताएका छन्।

यद्यपि कुँवरले बिहीबार राजीनामा दिएको बताए पनि उनले यसअघि नै माघ ६ गते बाबुराम भट्टराई नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट रूपन्देही क्षेत्र नम्बर १ मा उम्मेदवारी दर्ता गरिसकेको खुलेको छ।

प्रलोपा रूपन्देहीका इन्चार्ज पंकज राईले कुँवरले प्रलोपाबाट उम्मेदवारी दिएको पुष्टि गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group