काठमाडौं , २४ चैत । काठमाडौंको महांकालस्थित प्रदेश ३ का भौतिक पूर्वाधार मन्त्री केशव स्थापितको घरमा चोरी भएको छ । शुक्रबार दिउँसै चोरी भएको प्रहरीले जानकारी दिएको छ ।
स्थापितकी श्रीमतीले चार–पाँच तोला सुन चोरी भएको भन्दै बौद्ध प्रहरीमा उजुरी गरेकी छन् । ‘घरको पछाडितिरको ढोका फोरेर चोर भित्र पसेको देखिन्छ,’ महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी अच्युतम पुडासैनीले जानकारी दिएका छन् ।
स्थापितको सो घरमा कोही थिएनन् । स्थापितको परिवार सो घरमा कहिलेकाहिँ मात्र बस्ने गरेको हुदा मान्छे नभएको मौका पारेर चोरी भएको प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्