ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

झन् झन् बढ्दै बालविवाह


एबीसी न्यूज
२४ चैत्र २०७४, शनिबार   ९ : ३१   बजे

काठमाडौँ, २४ चैत ।   पछिल्लो पटक कम उमेरमा हुने विवाह झन् झन् बढ्दै गएको छ ।  केन्द्रीय बालकल्याण समितिका अनुसार चार महिनामा १४ जिल्लामा ४० बालविवाह भएका घटना प्रकाशमा आएका छन् । गत मंसिरदेखि फागुनसम्म विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई अध्ययन गर्दा सबैभन्दा बढी बैतडीमा १२ घटना प्रकाशमा आएका छन् । आव २०७४÷०७५ को प्रथम चार महिना (साउनदेखि कात्तिक) मा ३२ बालविवाह भएका थिए । त्यसैगरी आव २०७३\०७४ मा ६६ बालविवाह भएका घटना प्रकाशनमा आएका थिए । यसबाट बालविवाहको घटनामा झन् झन् वृद्धि हुँदै गएको देखिन्छ ।

प्रकाशमा नआएका बालविवाहका घटना अझ बढी हुनसक्ने अनुमान गर्न सकिन्छ । समितिका कार्यकारी निर्देशक तारक धितालले बालविवाहका घटनाको वर्गीकरण गर्दा बालक र बालिका दुवैले उमेर नपुग्दै विवाह गरेको घटना सबैभन्दा बढी हुने गरेको जानकारी दिनुभयो । सोअन्तर्गत ५० प्रतिशत विवाह (२० घटना) बालबालिकाबीच भएको देखिन्छ । त्यसैगरी बालिका र वयष्क पुरुषबीच ४५ प्रतिशत (१८ घटना) विवाह भएको छ भने ५ प्रतिशत (२ घटना) अनमेल (वृद्धसँग) विवाह भएको छ ।

बालविवाहका ३२ घटनामध्ये अभिभावकद्वारा ३५ प्रतिशत (१४ घटना) र भागी विवाह ६५ प्रतिशत (२६ घटना) भएको छ । भागी विवाहका घटनालाई हेर्दा सामाजिक सञ्जाल र फेसबुकमार्फत उमेर नपुग्दै विवाह हुने गरेका घटना प्रकाशमा आउने गरेका छन् । पछिल्लो चार महिनामा प्रकाशमा आएका ४० बालविवाहका घटनामध्ये बैतडीमा १२, बझाङमा सात, अछाम, जाजरकोट, मकवानपुर र कालीकोटमा तीन तीन, स्याङ्जामा दुई, रुपन्देही, झापा, रोल्पा, सिन्धुली , डोटी , सोलुखुम्बुृ र दोलखामा एक एक बालविवाहका घटना भएका छन् ।

नेपाल प्रहरी, महिला तथा बालबालिका सेवा निर्देशनालयका अनुसार आव २०७३\०७४ मा बालविवाह घटनासम्बन्धी २६ उजुरी परेका थिए । उक्त अवधिमा सञ्चारमाध्यममा भने ६६ घटना प्रकाशमा आएका थिए । यसबाट कानूनी कारवाहीमा निकै कम मात्रै बालविवाहका घटना पर्ने गरेको देखिन्छ । बालविवाहबारे उजुरी नै नहुने समस्या बालविवाह न्यूनीकरणका लागि मुख्य चुनौतीका रुपमा रहेको छ । केही नेपाल कानून संशोेधन तथा खारेज गर्ने ऐन, २०७२ द्वारा साविक मुलुकी ऐनको व्यवस्थालाई संशोधन गरी विवाहको
न्यूनतम उमेर २० वर्ष तोकिएको छ । बालविवाह उच्च रहेका मुलुकमध्ये नेपाल अग्रपंक्तिमा रहेको पाइन्छ । दलित महिला केन्द्रका अध्यक्ष गौरा नेपाली समुदायमा प्रचलित कुप्रथा, सचेतनाको कमी र अशिक्षाका कारण बालविवाह बढ्दै गएको जिकिर गर्नुहुन्छ ।

नेपालमा प्रत्येक वर्ष १० वर्षमुनिका सरदर एक लाख ३८ हजार बालबालिकाको विवाह हुने गरेको तथ्यांक छ । राष्ट्रिय जनगणना, २०६८ अनुसार नेपालमा कूल बालविवाह संख्यामा पनि प्रतिवर्ष सरदर एक लाख १५ हजार बालिकाको विवाह हुने गरेको छ । यसैगरी प्रत्येक वर्ष कुल जनसंख्याको ४३ लाखभन्दा बढी १५ देखि १९ वर्षमुनिका किशोरीको विवाह हुने गरेको छ । सिविन नेपालका प्रवक्ता कुमार भट्टराईले बालविवाह दिनप्रति दिन बढ्दै गएको र त्यसलाई जनचेतनामार्फत न्यूनीकरण गर्नुपर्ने धारणा राख्नुभयो ।

दिगो विकासका लक्ष्यको कार्यसूची (सन् २०१६–३०) मा बालविवाह अन्त्य गर्ने विषयलाई प्राथमिकताका साथ समावेश गरिएको छ । सन् २०३० सम्म बालविवाह अन्त्य गर्न तय गरिएको राष्ट्रिय रणनीति, २०७२को कार्यान्वयनका लागि विभिन्न मन्त्रालय र सरोकार भएका संघसंस्थाको महत्वपूर्ण भूमिका हुन्छ । केन्द्रीय तथ्यांक विभागको पपुलेशन मोनोग्राफ सन् २०१४, भाग २ (सामाजिक जनसांख्यिकी) अनुसार १० देखि १८ वर्ष उमेरका बालबालिकामध्ये २६.३ प्रतिशतको विवाह भएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group