नयाँदिल्ली, २४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणकै बेला अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास दिल्लीबाटै गरिने भनिएकोमा उक्त शिलन्यास स्थगित भएको छ । वीरगञ्ज चेकपोष्टको भने दुबै देशका प्रधानमन्त्रीले स्वीच्ड अन गरेर उदघाटन गर्ने उनले बताएका छन् ।
नेपालले गृहकार्य नपुगेको भन्दै अहिले शिल्न्यास नगरौं भन्ने प्रस्ताव भारतीय पक्षसँग राखेपछि यसको शिलन्यास हाललाई रोकिएको भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठले जानकारी दिएका छन् ।
त्यसैगरी मोतीहारी–अमलेखगञ्ज पाइपलाइनको स्वीच अन गर्ने कार्यक्रम पनि छलफलमै रहेको र आजै हुने दुईपक्षीय वार्ताबाट टुंगो लाग्ने मन्त्री महासेठले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्