ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तामाकोसीमा बस खस्दा २ पुरुष र ४ महिलाको मृत्यु, उद्धार कार्य जारी


एबीसी न्यूज
२७ माघ २०८२, मंगलबार   १२ : ५९   बजे

काठमाडौं, २७ माघ । रामेछापमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ। दुर्घटनामा ५ जनाभन्दा धेरै घाइते भएका छन्।

मंगलबार बिहान काठमाडौँबाट ओखलढुंगाको लागि छुटेका प्रदेश ३–०१–००५ ख ९९७५ नम्बरको बस रामेछाप जिल्लाको मन्थली नगरपालिका–६ त्रिवेणी घाट नजिकबाट तामाकोसी नदिमा खसेको हो।

सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले दिएको जानकारीअनुसार दुर्घटनमा परी ६ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ५ जना यात्रीको घाइते अवस्थामा उद्धार गरिएको छ। मंगलबार बिहान करिब पौने ११ बजे बस सडकबाट झण्डै २० मिटर तल तामाकोसी नदिमा खसेर दुर्घटना भएको हो।

बस पूरै नदीमा डुबेको छ।दुर्घटना लगत्तै सशस्त्र प्रहरी बल नेपाल गुल्म रामेछाप र विपद् व्यवस्थाप बेश खुर्कोटबाट गोताखोरसहितको सुरक्षा फौज र नेपाल प्रहरीको संयुक्त टोली उद्धार कार्यमा खटिएको छ। दुर्घटनामा परी मृत्यु हुनेमा २ जना पुरुष र ४ जना महिला रहेका छन्।

उनीहरूको नाम खुलिसकेको छैन। घटनास्थलबाट उद्धार गरिएका ५ जनालाई उपचारको लागि जिल्ला अस्पताल खुर्कोटतर्फ पठाइएको थापाले बताए। बसमा कतिजना सवार थिए, खुल्न बाँकी छ। बस नदीमा डुबेको छ। उद्दार कार्य अहिले पनि जारी रहेको डीएसपी थापाले बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group