ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बुबाआमापछि ताप्लेजुङबाट एमालेका युवा नेता क्षितिज थेवे सांसद निर्वाचित


एबीसी न्यूज
२४ फाल्गुन २०८२, आइतबार   ८ : २०   बजे

ताप्लेजुङ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का युवा नेता क्षितिज थेवे ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। उनले नेपाली कांग्रेसका गजेन्द्रप्रसाद तुम्याङ लिम्बूलाई पराजित गर्दै संसदको यात्रा तय गरेका हुन्।

शनिबार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार थेवेले १३ हजार ९६२ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी लिम्बूले ११ हजार ७११ मत पाए।

उनको जितसँगै थेवे परिवारको राजनीतिक विरासत निरन्तरता पाएको छ। उनकी आमा उर्मिला थेवे केही महिनाअघिसम्म प्रतिनिधिसभा सदस्य थिइन्। उनी २०७९ सालको निर्वाचनमा समानुपातिक प्रणालीबाट सांसद बनेकी थिइन् र जेन–जी आन्दोलनपछि प्रतिनिधिसभा विघटन हुनुअघिसम्म सांसदको जिम्मेवारीमा थिइन्।

यसअघि उनका बुवा भूपेन्द्र थेवे २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा ताप्लेजुङबाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा भूपेन्द्र थेवे पनि उम्मेदवारका आकांक्षी थिए तर उक्त समयमा पार्टीबाट योगेश भट्टराईले टिकट पाएका थिए। यसपटक भने भट्टराईले टिकट नपाएपछि क्षितिज थेवेलाई उम्मेदवार बनाइएको थियो।

पार्टीले दिएको अवसरलाई सदुपयोग गर्दै क्षितिज थेवे चुनाव जितेर प्रतिनिधिसभामा प्रवेश गर्न सफल भएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवामा बाढी प्रभावित ६०२ जनाको हेलिकप्टरबाट उद्धार

बाढीपीडितका लागि बेलायतद्वारा ८५ करोड रुपैयाँ सहायता घोषणा

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu