ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्षरत राप्रपा, के—के हुन्छन् सुविधा ?


एबीसी न्यूज
२५ फाल्गुन २०८२, सोमबार   ८ : २०   बजे

काठमाडौं, २५ फागुन । नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।

राजनीतिक दल सम्बन्धी ऐनअनुसार प्रतिनिधि सभामा राष्ट्रिय दल बन्न प्रत्यक्षतर्फ कम्तीमा एक सिट र समानुपातिकतर्फ दलहरूले प्राप्त गरेको कुल सदर मतको कम्तीमा तीन प्रतिशत मत ल्याउनुपर्छ । सोही व्यवस्थाअनुसार यसअघि राष्ट्रिय पार्टीको मान्यता पाएका राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल लगायतका पार्टीहरुले सो मान्यताबाट वञ्चित हुने अवस्था आएको छ । दलहरुले प्राप्त गरेको कुल सदर मतको कम्तिमा ३ प्रतिशत मत ल्याउन नसकेपछि ती दलहरुले राष्ट्रिय पार्टीको मान्यता नपाउने अवस्था सृजना भएको हो । चालु मतगणनाको पछिल्लो परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ १२५ सिट ल्याएर अग्रता कायम गरेको छ भने उसले समानुपातिकतर्फ हालसम्म ४३ लाख १९ हजार ८३५ ल्याएको छ । त्यसैगरी नेपाली काँग्रेसले प्रत्यक्षतर्फ १७ सिट र समानुपातिकतर्फ  १४ लाख ३५ हजार ८७० दोस्रो ठूलो दलको हैसियत बनाएको छ । नेकपा (एमाले) ले ८ सिट प्रत्यक्षतर्फ र समानुपातिकमा  १२ लाख १३ हजार १३९ मत ल्याएर  तेस्रो दलको हैसियत बनाउने देखिएको छ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले प्रत्यक्षतर्फ ७ र समानुपातिकमा ६, लाख ९ हजार ८४७ मत प्राप्त गरेको छ । जुन हालसम्मको मतगणनाको परिणाम अनुसार चौथो दलको वरियता हो । त्यसैगरी नयाँ दलको रुपमा उदाएको श्रम संस्कृति पार्टीले  प्रत्यक्षतर्फ ३ सिट र समानुपातिकतर्फ ३ लाख १० हजार ९० प्राप्त गरी पाँचौ वरियता कायम गरेर राष्ट्रिय पार्टीको मान्यता पाउने सुनिश्चितता भएको हो । 

राष्ट्रिय प्रजातन्त्र पार्टी पनि राष्ट्रिय दल बन्न संघर्षरत छ । उसले प्रत्यक्षतर्फ १ सिट जित निकाले पनि समानुपातिकतर्फ कुल सदर मतको ३ प्रतिशत पु¥याउन संघर्ष गरिरहेको छ । यद्यपि सो पार्टीले समानुपातिकतर्फ २ लाख ९१ हजार ५३१ मत ल्याएको छ । जुन राष्ट्रिय पार्टी बन्नका लागि केही मत अझै पु¥याउनुपर्ने हुन्छ । यसअघि राष्ट्रिय पार्टीको मान्यता पाएको जनता समाजवादी पार्टी, नेपाल यस पटक सो मान्यताबाट वञ्चित भएको छ । प्रत्यक्षतर्फ १ सिट पनि हातपार्न नसकेको सो पार्टीले समानुपातिकमा पनि हाल सम्म १ लाख ३७ हजार ५०३ मत पाएपछि उसले अब राष्ट्रिय पार्टीको मान्यता पाउने सम्भावना कम हुँदै गएको हो । नेपाल मजदुर किसान पार्टी, जनमत पार्टीलगायतका यसअघि संसदमा प्रतिनिधित्व गरेका दलहरुको पनि समानुपातिकतर्फको मतभार केही हजारमा मात्रै सिमित हुने देखिन्छ । 
राष्ट्रिय दलले के-के सुविधा पाउँछन् ? 
राष्ट्रिय दलको मान्यता पाएका पार्टीले संसदमा एउटा संसदीय दलको कार्यालयसहित सांसदको संख्याअनुसार कर्मचारी र खर्चको सुविधा पाउँछन् । हरेक राष्ट्रिय दलको संसदीय दलका प्रमुख सचेतकले पनि संसद सचिवालयबाट गाडीसहित सचिवालय र कर्मचारीको सुविधा पाउने व्यवस्था छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२८ हजार मुद्दा विचाराधीन, मूल ढोकामै न्यायाधीशको खाँचो

चितवन, मकवानपुरमा भारी वर्षा : सतर्कता अपनाउन आग्रह

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu