ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संखुवासभामा एमालेका अर्जुनकुमार कार्की निर्वाचित


एबीसी न्यूज
२६ फाल्गुन २०८२, मंगलबार   ७ : ३३   बजे

संखुवासभा । संखुवासभामा नेकपा एमालेका अर्जुनकुमार कार्की निर्वाचित भएका छन् । सोमबार साँझ सम्पन्न मतगणनामा १५ हजार ६३६ मत प्राप्त गरेर कार्की निर्वाचित भएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का मिङमा शेर्पा १५ हजार मतसहित दोस्रो भए । नेपाली कांग्रेसका दिपनकुमार श्रेष्ठले १३ हजार २७१ मत प्राप्त गरेर तेस्रो स्थानमा कायम रहे ।

यस्तै श्रम संस्कृति पार्टीकी उमा कुमारी राईले ९ हजार ८५७ मत र नेपाली कम्युनिस्ट पार्टीकी सरिता थापाले २ हजार ८१२ मत प्राप्त गरिन् ।

नवनिर्वाचित कार्की अमेरिकाका लागि नेपाली राजदूत बनेका बनिसकेका नेता हुन् । कूटनीति, विकास र नागरिक समाजको क्षेत्रमा लामो समय काम गरेको अनुभवका कारण उनलाई राजनीतिमा फरक पृष्ठभूमिबाट आएको, विकासकेन्द्रित र अन्तर्राष्ट्रिय दृष्टिकोण भएको व्यक्तित्वका रूपमा हेरिन्छ ।

६२ वर्षीय कार्की शैक्षिक रूपमा उनी बहुआयामिक पृष्ठभूमि बोकेका व्यक्ति हुन् । उनले त्रिभुवन विश्वविद्यालयबाट बीएससी पूरा गरेपछि सन् १९९० मा कृषि अर्थशास्त्रमा एमएससी तथा विज्ञान संकायमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् ।

सन् १९९५ मा युनिभर्सिटी अफ म्यानचेस्टर इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजीबाट विकास परियोजना व्यवस्थापनमा डिप्लोमा लिएका उनले सन् २००१ मा युनिभर्सिटी अफ इस्ट एन्ग्लियाबाट ‘द पोभर्टी एन्ड मूभमेन्ट्स फ्रम ब्लो इन नेपाल’ विषयमा पीएचडी गरेका छन् ।

कूटनीतिक दक्षता अभिवृद्धिका लागि उनले हार्वर्ड ल’ स्कूलबाट अन्तर्राष्ट्रिय कूटनीति तथा नेतृत्वसम्बन्धी प्रशिक्षण, यूएनबाट अन्तर्राष्ट्रिय वार्तासम्बन्धी तालिमसमेत लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२८ हजार मुद्दा विचाराधीन, मूल ढोकामै न्यायाधीशको खाँचो

चितवन, मकवानपुरमा भारी वर्षा : सतर्कता अपनाउन आग्रह

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu