ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खाना पकाउने ग्यास लिन लाइन लागेका वृद्ध उभिँदा उभिँदै ढलेर बिते


एबीसी न्यूज
३० फाल्गुन २०८२, शनिबार   ६ : ५१   बजे

काठमाडौं, ३० फागुन । खाना पकाउने एलपिजी ग्यास लिन लाइनमा उभिँदा उभिँदै एक वृद्धको ढलेर मृत्यु भएको छ।घटना भारत उत्तर प्रदेशस्थित फर्रूखावादको हो।

बिबिसी हिन्दीका अनुसार फर्रूखावादको मनिहारी मोहल्लामा बस्दै आएका ७५ वर्षीय मुख्तार अन्सारी शुक्रबार बिहान एलपिजी सिलिण्डर लिन लाल सरायको ग्यास डिपोमा पुगेका थिए।ग्यास डिपोमा बिहानैदेखि मानिसहरूक लाइन थियो। घन्टौंसम्म लाइन बस्नुपर्दा उनी त्यहीँ ढलेको प्रत्यक्षदर्शीलाई उद्धृत गरेर बिबिसी हिन्दीले लेखेको छ।भुइँमा ढल्नासाथ मुख्तारलाई त्यहाँ उपस्थित अन्य मानिसहरूले सिपिआर दिएका थिए।

उनी होसमा नआएपछि मानिसहरूले तत्कालै नजिककै नर्सिङ होममा पुर्‍याएका थिए।त्यहाँ पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरिदिएको थियो। परिवारका सदस्यका अनुसार वृद्ध केही समयदेखि बिरामी पनि थिए। हालै उनको उपचारसमेत भइरहेको थियो। मृतकका भतिजा मोहम्मद वसीले काका घन्टौं लाइनमा उभिनुपर्दा स्वास्थ्य अवस्था बिग्रिएर ढलेको बताएका छन्।समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवले सरकारको आलोचना गरेका छन्।

उनले ग्यासको लाइनमा बसेका एक वृद्धको मृत्यु हुनु दुःखद र दुर्भाग्यपूर्ण घटना भएको उल्लेख गर्दै सरकारका कमजोरीले सर्वसाधारणको ज्यान जोखिममा परेको टिप्पणी गरेका छन्।अमेरिका(इसराइलको इरानमा हमलापछि मध्यपूर्वभरि फैलिएको तनावले इन्धनको आपूर्ति घटेको छ। यसका कारण नेपाल र भारत लगाय विभिन्न देशहरूमा पेट्रोलियम पम्प र इन्धन डिपोहरूमा उपभोक्ताको लामो लाइन लाग्न थालेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group