ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लोकतन्त्रमा मात्रै आर्थिक समृद्धि र विकास : प्रधानमन्त्री ओली


एबीसी न्यूज
२५ चैत्र २०७४, आइतबार   ६ : ४२   बजे

नयाँदिल्ली, २५ चैत ।  भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले वाम गठबन्धनको वर्तमान सरकारले लोकतन्त्रलाई थप परिष्कृत, मर्यादित र व्यवस्थित बनाएर नेपाललाई प्रगतिको पथमा अगाडि बढाउन क्रियाशील रहेको बताउनुभएको छ ।

इन्डिया फाउण्डेशनले  यहाँ प्रधानमन्त्री ओलीको सम्मानमा आयोजना गरेको नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले वाम गठबन्धनको सरकार लोकतन्त्र मास्न उद्यत रहेको भन्दै केहीले भ्रम फिँजाएको पनि बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, केही मान्छेले नेपालमा लोकतन्त्र संकटमा पर्दैछ भनेर अनावश्यक चर्चा र भ्रम फिँजाएका छन् । त्यो सरासर गलत हो । लोकतन्त्रका लागि आधा शताब्दीभन्दा बढी संघर्ष गरेको मेरा लागि लोकतन्त्र नै सर्वोत्तम शासन व्यवस्था हो ।

प्रधानमन्त्री ओलीले लोकतन्त्रमा नै आर्थिक समृद्धि र विकासले उल्लेख्य फड्को मार्ने भन्दै कोही कसैले अनावश्यक रुपमा फैलाएका गलत अफवाहको पछाडि नलाग्न सबैलाई आग्रह गर्नुभयो ।

नेपाल दुवै छिमेकी मुलुकसँग पारस्परिक विश्वास, मित्रता र मैत्री सम्बन्धका साथ अगाडि बढ्न लागेको भन्दै प्रधानमन्त्रीले भन्नुभयो, “हामी भारतसँग र अरु मुलुकसँग पनि समानताका आधारमा मैत्री सम्बन्धलाई थप विस्तार गर्दै नेपालको विकास र समृद्धिको यात्रालाई तय गर्न चाहन्छौँ ।”

नेपाल स्वतन्त्र र आफ्नै पहिचानका साथ विश्व मानचित्रमा विगतदेखि नै स्थापित भएको सार्वभौमसत्ता सम्पन्न मुलुक भएकाले मैत्री, पञ्चशील र असंलग्नता नै आफूहरुको प्रमुख विशेषता रहेको बताउनुभयो ।

प्रधानमन्त्रीले ऊर्जाको विकासबाट नेपालको मात्रै नभई भारतको समेत हित हुने भएकाले सो क्षेत्रमा लगानीका लागि भारतीय लगानीकर्तालाई आग्रह गरिसकेको दृष्टान्त पेश गर्दै द्विपक्षीय साझेदारीको अनुपम नमूनासमेत ऊर्जा क्षेत्र नै हुने स्पष्ट पार्नुभयो ।

दुई देशबीच लामो समयदेखि चर्चामा रहेको पञ्चेश्वरजस्ता आयोजना अगाडि बढाएर दुवै मुलुकले फाइदा लिन सक्ने उहाँको कथन थियो ।

सम्पर्क सञ्जालको विस्तार, साझा चासो र चिन्ताको सम्बोधन तथा क्षेत्रीय तथा बहुपक्षीय रुपमा मिलेर जाने विषयले नै नेपाल र भारतको हित गर्ने प्रधानमन्त्रीले स्पष्ट पार्नुभयो ।

वेदान्त दर्शन नेपाल र विशेष गरी दक्षिण एशियाबाटै विश्वव्यापी रुपमा फैलिएको जानकारी दिँदै प्रधानमन्त्रीले बुद्धदर्शनबाटै शान्ति र अहिंसाको मार्गमा विश्व समुदायलाई डो¥याउनसमेत आफूहरु सफल हुने उहाँको प्रष्टोक्ति थियो ।

प्रबुद्व व्यक्ति समूह (इपिजी)लाई नेपाल र भारतका विषयमा रहेका र देखिएका समस्या समाधानका लागि ठोस खाका प्रस्तुत गर्न भनिएको र त्यसबाट प्राप्त प्रतिवेदनलाई पूर्णरुपमा कार्यान्वयन गरिने प्रधानमन्त्रीको भनाइ थियो ।

नेपाल एक्लैले मात्रै केही गर्न नसक्ने भएकाले छिमेकी मुलुकसंगकोे साझा प्रयास र सहकार्यबाट मात्रै क्षेत्रीयस्तरमा नयाँ सन्देश प्रवाह हुन सक्ने प्रधानमन्त्रीको जोड थियो ।

कार्यक्रममा प्रधानमन्त्रीलाई फाउण्डेशनका तर्फबाट सम्मान गरिएको थियो । फाउण्डेशनले नेपाल र भारतको समान चासो र हितलाई केन्द्रमा राखेर भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्रीको सम्मानमा कार्यक्रम आयोजना गरेको जानकारी गराएको थियो ।

कार्यक्रममा भारतीय बुद्धिजीवी तथा नेपाली प्रतिनिधिमण्डलको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

परराष्ट्रमन्त्री खनालले राष्ट्रसंघको ८१औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्ने

सहसचिव भट्टराई सचिवमा बढुवा

सम्बन्धित

विद्यालय कर्मचारी र ईसीडी शिक्षकको पारिश्रमिक बढ्यो

एनसेलले बुझायो लाइसेन्स नवीकरणबापत करिब ५ अर्ब रुपैयाँ

बिजुलीको महसुल घटाउने गृहकार्य तीव्र, ‘सिजनल ट्यारिफ’ लागू गर्ने तयारी

अपहरणमा संलग्न सात जना पक्राउ गर्न सफल इन्स्पेक्टर खत्री उत्कृष्ट प्रहरी घोषित

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी, वर्षायाममा ‘सिजनल ट्यारिफ’ ल्याउने गृहकार्य

सांसद साहजान खातुनको माग : ‘बलात्कारीलाई कानुन बनाएर फाँसीको सजाय सुनिश्चित गरियोस्’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu