ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतको सबैभन्दा पुरानो समाचार एजेन्सी यूएनआईको कार्यालय ‘सिल’


एबीसी न्यूज
७ चैत्र २०८२, शनिबार   ११ : ३८   बजे

काठमाडौँ, ७ चैत । भारतको नयाँ दिल्लीस्थित समाचार एजेन्सी युनाइटेड न्युज अफ इन्डिया (यूएनआई) को कार्यालय ‘सिल’ गरिएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार दिल्ली प्रहरीले शुक्रबार ‘हाई कोर्ट’ (उच्च अदालत) को आदेशभन्दै कार्यालय ‘सिल’ गरेको हो ।

यूएनआईका एक वरिष्ठ कर्मचारीले समाचार एजेन्सी पीटीआईसँग भने, ‘बेलुकी केन्द्र सरकारको सम्पत्ति विभागका केही कर्मचारी आए । उनीहरूले तपाईंहरूको लिज समाप्त भइसकेको छ, तत्काल स्थान खाली गर्नू भने । उनीहरू हाम्रो न्युज रूम (समाचार कक्ष) मा परे‘ र जबरजस्ती हामीहरूलाई तानेर बाहिर निकाले ।’यूएनआईले सामाजिक सञ्जाल ‘एक्स’ मा पोस्टका माध्यबाट आफ्नो कार्यालय ‘सिल’ गरिएको जानकारी दिएको छ । सामाजिक सञ्जालमा कयौं भिडियोहरू पनि आएका छन् । जसमा यूएनआई परिसरमा ठूलो संख्यामा सुरक्षाकर्मी देखिन्छन् ।

उनीहरूले भिडियोमा पत्रकार–कर्मचारीहरूलाई कार्यालय खाली गर्न भनिरहेको सुनिन्छ ।यूएनआईले ‘एक्स’ मा लेखेको छ, ‘देशको सबैभन्दा पुरानी र सबैभन्दा सम्मानित समाचार एजेन्सीहरूमध्ये एक युनाइटेड न्युज अफ इन्डियाको कार्यालय ‘सिल’ गरिँदा प्रेस स्वतन्त्रतामा गम्भीर चिन्ता उत्पन्न भएको छ ।’यूएनआईले आफ्ना कर्मचारीहरू जबरजस्ती बाहिर निकालेर कार्यालय खाली गरेको, उनीहरूलाई निजी सामानसमेत लग्न नदिएको आरोप लगाएको छ ।

कार्यालय खाली गराउने क्रममा कर्मचारीहरू माथि दुव्र्यवहार पनि गरिएको यूएनआईले बताएको छ ।यूएनआईले आफ्नो पोस्टमा एक भिडियो पनि ‘शेयर’ (साझा) गरेको छ । जसमा उसको कार्यालयमा ठूलो संख्यामा सुरक्षाकर्मी देखिन्छन् भने कर्मचारीहरू आफूहरूमाथि धक्कामुक्मी भइरहेको बताइरहेका देखिन्छन् । अंग्रेजी अखबार ‘द स्टेट्समेन’ ले ‘एक्स’ पोस्ट गर्दै भनेको छ, ‘भारतमा मिडियाको स्वन्त्रतामाथि एक अभूतपूर्व अत्याचार र हमलाका रूपमा देशको सबैभन्दा पुरानो समाचार एजेन्सी यूएनआईको रफी मार्गस्थित कार्यालयमा पुलिस बलले साच्चै हमला गरेको छ । कर्मचारीलाई आफ्ना सामान समेट्ने अथवा व्यवस्थापन गर्ने समय पनि दिइएन ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

वाग्मती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना

सुनसरीमा जारी कर्फ्यु आदेश हटाइयो

सम्बन्धित

वाग्मती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना

अमेरिका–इरानबीच सौहार्द वार्ता भइरहेको ट्रम्पको दाबी

सुनसरीमा जारी कर्फ्यु आदेश हटाइयो

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

डा. गोविन्द केसीसँग भएको ७ बुँदे सहमतिमा के छ ?

जनकपुरमा प्रधानमन्त्रीको तस्वीर जलाइयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu