ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धमाधम बाहिरिँदै मन्त्री, बिदाइ भेटघाटमा व्यस्त प्रधानमन्त्री, शपथ अगाडि अर्यालको नियुक्तिको


एबीसी न्यूज
९ चैत्र २०८२, सोमबार   ३ : ४८   बजे

काठमाडौं, ९ चैत्र । नयाँ सांसदको शपथ, प्रतिनिधिसभा पहिलो बैठक र मन्त्रिपरिषद् गठनको तयारी भइरहँदा निर्वाचन गराउने प्रमुख जिम्मेवारीसहित गठन भएको प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको औचित्य सकिएको छ। बाँकी रहेका मन्त्रीहरू पनि धमाधम बाहिरिरहेका छन्।

प्रधानमन्त्री कार्की आफैँ पनि बिदाइ भेटमा व्यस्त देखिँदा सरकारको औचित्य सकिएको हो।महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठ आफ्नो कार्यकालका १०० दिनको उपलब्धि सार्वजनिक गर्दै सोमबार बिदा भएकी छिन् । अर्थमन्त्री रामेश्वर खनाल पनि मन्त्रालय जान छाडेका छन्। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, शहरी विकासमन्त्री कुमार इङ्नाम पनि सरकारबाट बाहिरिसकेका छन्।

यसअघि चुनावअघि नै चार मन्त्री बाहिरिएका थिए। मन्त्री पदबाट राजीनामा दिएर उम्मेदवार बनेका चार मध्ये ३ जना विजयी भइसकेका छन् । तत्कालीन ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले चुनाव हार्दा युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन सांसद बनेका छन्। मन्त्री बन्ने र राजिनामा दिने सिलसिला चलिरहँदा प्रधानमन्त्री कार्कीले छोटो अवधिमा १० पटक सरकार पुर्नगठन गर्नुपरेको थियो। प्रतिनिधिसभामा करिब दुई तिहाइ सिट जितेर सरकार बनाउने बाटोमा लागेको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार गठनमा ढिलो गर्दा सिंहदरबारमा मन्त्रालयका कुर्सी रित्ता छन्। मन्त्रालय मन्त्रीविहीन हुँदा दैनिक कामकारबाही प्रभावित हुन थालेको गुनासो आउन थालेको छ।

संघीय संसद् सचिवालयले यही चैत १२ गते नवनिर्वाचित सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराउने तयारी गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने भएपछि राष्ट्रपति कार्यालयले तयारी थालेको छ । प्रतिनिधिसभा निर्वाचनमा झण्डे दुई–तिहाइ सिट जितेको रास्वपाले बालेन शाहलाई प्रधानमन्त्री बनाउन लागेको हो। रास्वपाले चैत १३ मा नयाँ प्रधानमन्त्रीको शपथका लागि राष्ट्रपति कार्यालयलाई पत्र पठाइसकेको छ । त्यही अनुसार राष्ट्रपति कार्यालयले पनि तयारी थालेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यका लागि गरिएको सिफारिस ‘होल्ड’ अवस्थामा राखेका छन्। चैत १ को मन्त्रिपरिषद बैठकले सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने राष्ट्रिय सभा सदस्यको रिक्त एक पदमा अर्यालको नाम सिफारिस गरेको थियो। बालेनको शपथ अगाडि नै राष्ट्रिय सभा सदस्यमा अर्यालको नियुक्ति गर्ने तयारी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group