ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री केपी शर्मा ओली आज स्वेदश फर्कदै


एबीसी न्यूज
२५ चैत्र २०७४, आइतबार   १० : ००   बजे

काठमाडौं, २५ चैत्र । तीन दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कंदै हुनुहुन्छ ।
पूर्वनिर्धारित कार्यतालिका अनुसार प्रधानमन्त्री ओली आज बेलुकी ८ बजे नेपाल वायु सेवाको विमानबाट स्वदेश फर्कर्ने कार्यतालिका रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आजै भारतको उत्तराखण्ड राज्यस्थित गोविन्द बल्लभ पन्त कृषि एवं प्रौद्योगिक विश्वविद्यालयले मानार्थ विद्यावारिधि उपाधिबाट विभूषित गर्ने भएको छ ।

यसका लागि नया“ दिल्लीमा रहेका प्रधानमन्त्री ओली सहित नेपाली प्रतिनिधिमण्डल आज बिहान भारतीय समय अनुसार पौने ११ बजे पन्तनगरका लागि विमान चढ्ने कार्यक्रम छ । करिब एक घण्टाको विमान यात्रापछि मध्याह्न १२ बजे उनी विश्वविद्यालय पुग्नुहुनेछ । साढे १२ बजे प्रधानमन्त्री ओलीले ब्रिडर सिड प्रोडक्सन सेन्टरको अवलोकन गर्नुहुनेछ । त्यसैगरी पौने १ बजे इन्टिग्रेटेड फार्मिङ प्रोजेक्टको भ्रमण गर्ने कार्यक्रम छ । दिउ“सो १ बजे युनिभर्सिटीको गान्धी हलको एडमिनिस्ट्रेटिभ ब्लकमा आयोजना हुने विशेष दीक्षान्त समारोहमा प्रधानमन्त्री ओलीलाई अनररी डिग्री अफ डाक्टर अफ साइन्स उपाधिबाट विभूषित हुनुहुनेछ ।

पौने ४ बजे विश्वविद्यालयबाट प्रधानमन्त्री ओली पन्तनगरस्थित विमानस्थलबाट दिल्लीका लागि प्रस्थान गर्नुहुनेछ । दिल्लीबाट सा“झ ६ बजे नेपाल वायुसेवा निगमको विमानले काठमाडौंका लागि उडान हुनेछ । बेलुकी ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि राजकीय भ्रमणबाट फर्किएका प्रधानमन्त्रीलाई विशेष स्वागत गरिनेछ ।

प्रधानमन्त्रीले विमानस्थलको अति विशिष्ट कक्षमा पत्रकार सम्मेलन गरी भ्रमणको उपलब्धिबारे जानकारी दिनुहुनेछ । ओली गत शुक्रबार भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा ५४ सदस्यीय नेपाली टोलीको नेतृत्व गर्दै भारत जानुभएको थियो । भ्रमणका क्रममा विभिन्न राजनीतिक भेटघाट तथा सम्झौता गरेका ओली भ्रमण सकाएर साँझ स्वदेश फर्कन लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

परराष्ट्रमन्त्री खनालले राष्ट्रसंघको ८१औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्ने

सहसचिव भट्टराई सचिवमा बढुवा

सम्बन्धित

विद्यालय कर्मचारी र ईसीडी शिक्षकको पारिश्रमिक बढ्यो

एनसेलले बुझायो लाइसेन्स नवीकरणबापत करिब ५ अर्ब रुपैयाँ

बिजुलीको महसुल घटाउने गृहकार्य तीव्र, ‘सिजनल ट्यारिफ’ लागू गर्ने तयारी

अपहरणमा संलग्न सात जना पक्राउ गर्न सफल इन्स्पेक्टर खत्री उत्कृष्ट प्रहरी घोषित

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी, वर्षायाममा ‘सिजनल ट्यारिफ’ ल्याउने गृहकार्य

सांसद साहजान खातुनको माग : ‘बलात्कारीलाई कानुन बनाएर फाँसीको सजाय सुनिश्चित गरियोस्’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu