ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री शाहलाई निर्वासित तिब्बत सरकारको बधाई


एबीसी न्यूज
१५ चैत्र २०८२, आइतबार   २ : १५   बजे

काठमाडौं, १५ चैत्र । तिब्बति निर्वासित सरकारका प्रमुख नेता सिक्योङ पेम्पा छेरिङले नेपालमा नवनिर्वाचित प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई तथा शुभकामना दिएका छन् । केन्द्रीय तिब्बती प्रशासन र तिब्बती जनताको तर्फबाट उनले बधाई सन्देश पठाएका हुन् ।आफ्नो बधाई सन्देशमा सिक्योङले लेखेका छन्, ‘हालै सम्पन्न जेन-जेड नेतृत्वको आन्दोलनपछि सबैभन्दा कान्छा प्रधानमन्त्रीका रूपमा तपाईंको उदय हुनु नेपालका जनताको, विशेषगरी युवापुस्ताको आकांक्षाको शक्तिशाली प्रतीकका रूपमा उभिएको छ ।’पत्रमा अगाडि भनिएको छ, ‘नेपाल र तिब्बतबीच पुस्तौँदेखि कायम रहेका गहिरा ऐतिहासिक र आध्यात्मिक सम्बन्ध छन् ।

तिब्बतको जबरजस्ती अधिग्रहणपछि शरण लिएर नेपालमा बसोबास गर्दै आएका तिब्बती समुदायले आफ्नो तिब्बती पहिचान जोगाउँदै नेपालको सामाजिक तथा आर्थिक संरचनामा लामो समयदेखि योगदान पुर्‍याउँदै आएका छन्, जसले यी सम्बन्धहरूलाई अझ मजबुत बनाएको छ । यो सबै नेपाल सरकार र नेपाली जनताको उदारताका कारण सम्भव भएको हो, जसका लागि हामी गहिरो कृतज्ञता व्यक्त गर्दछौँ ।’उनले अन्त्यमा भनेका छन्, ‘कृपया मेरो हार्दिक बधाई तथा शुभकामना स्वीकार गर्नुहोस् ।

नेपालको इतिहासको यस महत्वपूर्ण घडीमा तपाईंको नेतृत्वमा सफलता हासिल होस् भन्ने कामना गर्दछु । तपाईंको सक्षम नेतृत्वमा हाम्रो जनताबीचको मित्रता अझ सुदृढ हुँदै जानेछ भन्ने अपेक्षा राख्दै नेपालले प्रगति, समृद्धि र सकारात्मक परिवर्तनतर्फ अघि बढोस् भन्ने आशा व्यक्त गर्दछौँ ।’सिक्योङ पेन्पा छेरिङ चीनमा प्रतिवन्धित भएर हाल भारतको धर्मशालामा छन् । सिक्यौङको अर्थ सरकारप्रमुख सरह हुन्छ । उनी लामो समय तिब्बती सांसद थिए र सभामुखको जिम्मेवारीमा रहेर पनि काम गरेका थिए ।निर्वाचित तिब्बति सरकारले नेपालको नवनिर्वाचित प्रधानमन्त्रीलाई बधाइ दिएको सम्भवतः पहिलोपटक हो । यसअघि दलाइ लामाले अन्तरिम सरकारी प्रधानमन्त्री सुशीला कार्कीलाई बधाइ सन्देश पठाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाल–चीनको भीषण बाढीप्रति गुटेरेसको दुःख, राष्ट्रसंघबाट सहयोगको प्रतिबद्धता

 मकवानपुरका ४० जनाको अवस्था बुझ्न प्रशासनसँग आग्रह

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Nepal Flash Floods Claim 162 Lives, Rescue Efforts Continue

Nepal Seeks Climate Justice as Vulnerable Nation Faces Mounting Impacts

इरान–ओमानबीच होर्मुज जलमार्ग व्यवस्थापनबारे नयाँ सहमति

Nepal Telecom, Ncell Offer Free Services After Deadly Floods

नेपाल–चीनको भीषण बाढीप्रति गुटेरेसको दुःख, राष्ट्रसंघबाट सहयोगको प्रतिबद्धता

उपमेयरमाथि कर्मचारीमाथि हातपात गरेको आरोप, भनिन्– ‘कुटपिट गरेको होइन’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu