ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौंका सडकमा ढकमक्क फूल फुलाउने महानगरको नयाँ अभियान (तस्बिरसहित)


एबीसी न्यूज
२८ चैत्र २०८२, शनिबार   १ : ५१   बजे

काठमाडौं, २८ चैत्र । काठमाडौं महानगरपालिकाले शहरलाई सुन्दर र हराभरा बनाउने उद्देश्यका साथ सडक किनारामा गमला राखेर फूल रोप्ने कार्यलाई तिब्रता दिएको छ ।  महानगरको गौरवको योजना ‘मेरो रहर, सुन्दर र हरित शहर’ कार्यक्रम अन्तर्गत पार्क तथा हरियाली प्रवद्र्धन आयोजनाले यो अभियान शुरु गरेको हो ।

यस अभियानले शहरको सौन्दर्य बढाउनुका साथै शहरी वातावरणलाई स्वच्छ राख्न मद्दत पुग्ने विश्वास गरिएको छ । हाल रोपिएका बेगमबेली फूलहरू पहेँलो, रातो र गुलावी लगायतका विभिन्न रङमा फुल्नेछन् । फूल फुलाउने कार्यलाई दिगो र व्यवस्थित बनाउनका लागि बलिया सिमेन्टका गमलाहरू प्रयोग गरिएको छ । यी स्थायी ठूला गमलाहरूमा बिरुवा लगाउने, गोडमेल गर्ने र नियमित पानी हाल्ने जिम्मेवारी वातावरण व्यवस्थापन विभागले सम्हालेको छ । महानगरको यो अभियान केवल मुख्य सडकहरूमा मात्र सिमित रहने छैन । पहिलो चरणमा मुख्य प्रशासनिक केन्द्र सिंहदरबार वरपरको क्षेत्रलाई समेटिएको भएपनि दोस्रो चरणमा काठमाडौंका भित्री शहरी क्षेत्रहरूमा पनि गमला राख्दै लगिने योजना छ । शहरलाई कङ्क्रिटको जङ्गलबाट मुक्त गरी हरियाली र रङ्गीचङ्गी फूलहरूले सजाउने महानगरको यो प्रयासलाई स्थानीय बासिन्दाहरूले पनि सकारात्मक रूपमा लिएका छन् । सडक किनारामा ढकमक्क फूल फुल्दा पैदलयात्री र सवारी चालक दुवैका लागि यात्रा सुखद् हुने अपेक्षा गरिएको छ । –न्युज एजेन्सी नेपाल

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संसद्मा उठेका सांसदका प्रश्नको जवाफ दिन सरकारले सुरु गर्‍यो विशेष संयन्त्र

फ्लूका कारण पूर्वमुमाबडामहारानी रत्नराज्यलक्ष्मी शाह अस्पताल भर्ना

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu