ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

त्रिवि क्रिकेट मैदान खाली गर्न त्रिभुवन विश्वविद्यालयको ३५ दिने अल्टिमेटम


एबीसी न्यूज
१३ बैशाख २०८३, आइतबार   ४ : १८   बजे


काठमाडौं, १३ वैशाख । त्रिभुवन विश्वविद्यालयले नेपाल क्रिकेट संघ (क्यान) लगायत १८ संस्थालाई आफ्नो हाताभित्र रहेको जग्गा खाली गर्न ३५ दिने अल्टिमेटम दिएको छ ।त्रिविले अतिक्रमित जग्गा फिर्ता ल्याउन गत ४ वैशाखमा ३५ दिनको अल्टिमेटमसहित सूचना निकालेको थियो । त्रिविका एक अधिकारीले त्रिविको जग्गा प्रयोग गरेकाहरूलाई ३५ दिने अल्टिमेटम दिएर पत्राचार गरिएको जानकारी दिए ।

उनले भने, “हाम्रो अतिक्रमित जग्गा फिर्ता ल्याउने निर्णयअन्तर्गत पत्र काटेका छौँ । १८ वटा संघ, संस्था र संगठनलाई ३५ दिनभित्र खाली गर्न पत्र काटिएको छ । क्यानसँगको सम्झौता यही मसान्तबाट सकिँदै छ ।महेन्द्रकुमार थापाको संयोजकत्वमा गठित खोजबिन समितिले कीर्तिपुर परिसरभित्र र बाहिरका विभिन्न स्थानमा त्रिविको जग्गा अतिक्रमण भएको र प्राप्त हुनुपर्ने भाडासमेत नउठेको फेला पारेका थियो ।

प्रतिवेदनअनुसार, लेबोरेटरी माध्यमिक विद्यालय, नेपाल क्रिकेट संघ (क्यान), खानेपानी बोर्डलगायतले त्रिविको जग्गा उपभोग गरिरहेका छन् । त्यस्तै, नेपाल प्राध्यापक संघ केन्द्रीय समिति, नेपाल विश्वविद्यालय प्राध्यापक संघ केन्द्रीय समिति, कीर्तिपुर नगरपालिका, सार्वजनिक शौचालय र बस पार्कहरू पनि त्रिविको जग्गामा रहेका छन् ।जसमध्ये क्यानसँगको सम्झौता यो वैशाखमसान्तमा सकिँदै छ ।केही संस्थाहरूले त्रिविसँग आवश्यक स्वीकृति नलिई जबरजस्ती संरचनाहरू निर्माण गरिरहेका समितिको ठहर छ ।त्रिवि, रजिस्ट्रार कार्यालयको सामान्य प्रशासन महाशाखाले नेपाल क्रिकेट संघ क्यानलाई पनि पत्र काटेको हो । महाशाखाले सबै संघसंस्था तथा संगठनलाई ३५ दिनकै अल्टिमेटम दिएर पत्र काटेको छ ।

नेपाल क्रिकेट संघ क्यानका प्रवक्ता छुम्बी लामाले अल्टिमेटमको पत्र आएको बताए । यसबारेमा थप बुझ्नुपर्ने उनको भनाइ छ ।खोजबिन समितिको विश्लेषणअनुसार, त्रिविका पदाधिकारीहरू फेरिइरहँदा दाताहरूले दिएको सम्पत्तिको संरक्षणमा तदारुकता नदेखाउँदा विडम्बनापूर्ण स्थिति उत्पन्न भएको हो । प्रतिवेदनले कतिपय अवस्थामा भूमाफिया र उच्च राजनीतिक तहको संलग्नतामा विश्वविद्यालयको जग्गा दुरुपयोग भएको आशंका रहेको जनाएको छ । राजनीतिक नेतृत्वको मिलेमतोमा अतिक्रमणकारीलाई नै संरक्षण दिने गरिएको समेत प्रतिवेदनमा उल्लेख छ ।त्रिविको जग्गा खोजबिन समितिको प्रतिवेदन २०८१ मा कीर्तिपुरमा मात्रै करिब १ हजार रोपनी जग्गा अतिक्रमण भएको औँल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारले राष्ट्रियसभाका सांसदको सुझाव नै मान्दैन : सुवेदी

हिंसाबाट सत्ता परिवर्तनको मान्यता स्थापित हुन खोज्नु लोकतन्त्रका लागि खतराः राधेश्याम अधिकारी

सम्बन्धित

विश्वकपको हिस्सेदारी बेच्ने फिफाको प्रस्ताव फिर्ता, युईएफएद्वारा ‘खेलको जित’ भएको घोषणा

फिफा निलम्बन फुकुवा भएमा नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu