ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जेन–जी शहीद परिवार र घाइतेको सरकारलाई अल्टिमेटम, माग पूरा नभए फेरि सडकमा उत्रिने चेतावनी


ABC NEWS
७ भदौ २०८३, आइतबार   ३ : १५   बजे

काठमाडौं । जेन–जी आन्दोलनका शहीद परिवार र घाइतेहरूले आफ्ना माग तत्काल सम्बोधन गर्न सरकारलाई अल्टिमेटम दिएका छन् । माग पूरा नभए पुनः सडक संघर्षमा उत्रिने उनीहरूले चेतावनी दिएका छन् ।

जेन–जी शहीद परिवार कल्याणकारी समाज र घाइते जेन–जी नेपाल संयुक्त संघर्ष समितिले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सरकारलाई तत्काल माग सम्बोधन गर्न आग्रह गरेका हुन् ।

पत्रकार सम्मेलनमा जेन–जी शहीद श्रीयम चौलागाईंका पिता तथा जेन–जी शहीद परिवार कल्याणकारी समाजका कोषाध्यक्ष गणेशप्रसाद चौलागाईंले सरकारले शहीद परिवार र घाइतेका माग सम्बोधनमा गम्भीरता नदेखाएको आरोप लगाए ।

उनका अनुसार गृहमन्त्री सुधन गुरुङले सरकार गठन भएको एक महिनाभित्र जेन–जी आन्दोलनका शहीद परिवार र घाइतेका सबै माग पूरा गर्ने आश्वासन दिएपछि आन्दोलनका कार्यक्रम स्थगित गरिएको थियो । तर, अहिलेसम्म माग सम्बोधनमा ठोस प्रगति नभएको उनले बताए ।

‘गृहमन्त्री सुधन गुरुङले हामीलाई एक महिनाको समय दिनुहोस्, सबै माग पूरा गर्छु भनेको हुनाले हामीले सबै आन्दोलनका कार्यक्रम स्थगित गरेका हौँ । तर अब त्यो अवस्था छैन,’ उनले भने ।

चौलागाईंले घटना भएको १२ महिना बितिसक्दा पनि सरकारले विश्वास गर्ने आधार तयार गर्न नसकेको आरोप लगाए । विगतमा शहीद परिवार र घाइतेसँग भएका सहमति कार्यान्वयन नभएको उनको भनाइ छ ।

उनले मन्त्रालयका सहसचिव, शहीद परिवार र घाइतेका प्रतिनिधि सम्मिलित समितिले टुंग्याएका विषय कार्यान्वयन हुने सुनिश्चितता माग गर्दा पनि सरकारले त्यसको ग्यारेन्टी दिन नचाहेको बताए ।

‘१२ महिना हुँदा समेत सरकारले विश्वास लाग्ने काम पनि गरेन, कुरा पनि गरेन । हामीले मन्त्रालयका सहसचिव र घाइते तथा शहीद परिवारका दुई–दुई जना सम्मिलित बैठकमा समेत यो समितिले टुंग्याएका सबै विषय सरकारले हुबहु पास हुने ग्यारेन्टी दिनुस् भनेर भनेका थियौँ । तर उहाँहरूले मान्नुभएन । हामीहरूले दुःखबाहेक केही पनि पाएनौँ,’ उनले भने ।

उनले सरकारले पटक–पटक समिति गठन गर्ने तर ती समितिले प्रभावकारी रूपमा काम गर्न नसकेको आरोपसमेत लगाए । यसले सरकारप्रतिको आफूहरूको विश्वास कमजोर बन्दै गएको उनको भनाइ छ ।

चौलागाईंले शहीद परिवार र घाइतेका माग सम्बोधनमा तत्काल ठोस निर्णय नभए पुनः आन्दोलनमा जाने चेतावनी दिए ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बडिमालिका भगवतीको परम्परागत पेटारो बडिमालिकातर्फ प्रस्थान

हराएकी दुई वर्षीया बालिका सकुशल फेला

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बडिमालिका भगवतीको परम्परागत पेटारो बडिमालिकातर्फ प्रस्थान

देशभर ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

हराएकी दुई वर्षीया बालिका सकुशल फेला

Two Arrested in Nepal for Alleged Foreign Employment Fraud

Chief Justice Sharma Emphasizes Collaboration Between Bar and Bench

Global Water Conflicts Surge: New Data Reveals Growing Crisis

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu